राजस्व विभागको नयाँ करको दरः हेर्नु आयस्रोत अनुसार करको दर

काठमाडौं । आन्तरिक राजस्व विभाग नेपालले नयाँ करको दर सार्वजनिक गरेको छ । विभागले विभिन्न व्यक्तिको आयको हिसावले एकल र दम्पतीले कति कर तिर्ने भन्ने पनि स्पष्ट दर सार्वजनिक गरको छ ।

जसमा रोजगारले ४ लाख सम्म आय भएमा १% मात्र कर तिर्ने व्यवस्था गरेको छ । तर कुनै दम्पतीको बार्षिक आयो ४ लाख ५० हजार छ भने उनिहरुको हकमा ४ लाख ५० हजार सम्म पनि करको दर उहि हुनेछ ।

त्यस्तै ४ लाखदेखि ५ लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम ४ हजारका अतिरिक्त ४ लाखदेखि ५ लाखसम्मको रकममा १० प्रतिशतका दरले कर लाग्ने विभागले जनाएको छ ।

यस्तै दम्पतीको हकमा ४ लाख ५० हजारभन्दा माथि ५ लाख ५० हजारसम्म करयोग्य आय भएमा न्यूनतम ४ हजार ५०० का अतिरिक्त ४ लाख ५० हजारदेखि ५ लाख ५० हजारसम्मको रकममा १० प्रतिशतका दरले कर तिर्नुपर्ने छ ।

यदि कसैको वार्षीक आय ५ लाख भन्दा माथी ७ लाख सम्म भएमा १४ हजार न्यूनतम र अतिरिक्त ५ लाखदेखि ७ लाखसम्मको रकममा २० प्रतिशतका दरले कर तिर्नुपर्ने छ । तर दम्पतीको हकमा भने ५ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्म करयोग्य आय भएमा न्यूनतम १४ हजार पाँचसयका अतिरिक्त ५ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्मको रकममा २० प्रतिशतका दरले कर तिर्नुपर्ने छ ।

राजस्व विभागले त्यसभन्दा धेरै बार्षिक आम्दानी भएका हरुको लागि पनि करको दर निर्धारण गरेको छ ।

हेर्नुस आयस्रोत अनुसारको करको दर

प्रतिक्रिया दिनुहोस