प्रदेश १ कोरोना अपडेट – हालसम्म ६८ हजार बढी संक्रमित

काठमाडौं । आज प्रदेश १ भर कोरोना सातसय बढी कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ अन्तर्गतको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार आज कुल १ हजार १ सय ६२ परिक्षण गर्दा ३३५ जनामा संक्रमण पुष्टी भएको हो ।

भने एन्टिजेन्ट बिधिवाट गरिएको १ हजार २ सय ५० कोरोना जाँचमा ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा प्रदेश १ भर कोरोना संक्रमणका कारण ७ जनाले ज्यान गुमाएका छन् । प्रदेश १ मा हालसम्म ६८ हजार ४ सय ८९ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा झापामा सबैभन्दा बढी १ सय १९ जना संक्रमित थपिएका हुन् । प्रदेश १ मा संक्रमितको संख्या घट्दै गएपनि उल्लेखनीय रुपमा घट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस