साओमीको कम्पनीले बोलेकै भरमा चार्ज हुने मोवाईल फोन लन्च गर्दै

काठमाडौं । अब विश्वबजारमा बोलेकै भरमा चार्ज हुने फोन लन्च हुन लागेको छ । चिनियाँ स्मार्टफोन कम्पनी साओमीले स्मार्टफोन चार्ज गर्न कुनै चार्जिङ एडाप्टर आवश्यक नपर्ने प्रविधि लेराउने भएको हो  ।इन्डिया टुडे टेकले दिएको जानकारी अनुसार अहिले साओमी आवाजबाटै स्मार्टफोन चार्ज गर्न मिल्ने प्रविधि ल्याउने तयारी गरिरहेको छ ।

अहिले मानिसले सुविधा खोजीरहेको र नयाँ नयाँ चार्जका प्रविधी पनि आउदै गरेको बेला यो नयाँ प्रविधीले प्रविधीको क्षेत्रमा छलाङ मार्ने अनुमान गरिएको छ ।

गिजचाइनाका एक रिपोर्ट अनुसार हालै साओमीले ‘चाइना नेसनल इन्टेलिक्चुअल प्रोपर्टी एडमिनिस्ट्रेसन’लाई आफ्नो पेटेन्टको लागि आवदेन दिएको छ। सो पेटेन्टमा कम्पनीले आवाजबाट उपकरण चार्ज गर्न सकिने प्रविधिमा काम गरिरहेको उल्लेख छ।

यस नयाँ चार्जिङ प्रविधिको लागि ‘पावर कन्भर्सन डिभाइस’ प्रयोग गरिनेछ, जसले वातावरणको भाइब्रेसनलाई मेकानिकल भ्राइब्रेसनमा परिवर्तन गरी करेन्टको रुपमा परिणाम आउँछ। त्यसपछि स्मार्टफोनलाई चार्जिङ केबल वा एडाप्टरबिना नै चार्ज सकिन्छ।

कम्पनीले ल्याइसकेको ‘एमआई एयर चार्ज’ टेक्नोलोजीबाट दुई तीनवटा स्मार्टफोन एकैचोटी वायरलेस चार्ज गर्न मिल्छ। साथै यही वर्षको अन्तिमतिर यसले दुई सय वाटको फास्ट चार्जिङ सर्पोट सार्वजनिक गर्ने इन्डिया टुडे टेकले बताएको छ। यस्तो प्रविधी सार्वजनिक हुने मिति भने हालसम्म तय भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस