जात हेरेर कोठा नदिएको आरोप लगाउनु सुनियोजित – नेवाः देय (विज्ञप्ती सहित)

काठमाडौं । घर मालिकले तल्लो जात भन्दै रुपा सुनारलाई कोठा नदिएको आरोप चलिरहँदा नेवार समुदायको छाता संगठन नेवाः देयले यो सुनियोजित रुपमा भएको सड्यन्त्र  भनि विज्ञप्ती निकालेको छ .

नेवाः देय दबू जिल्ला समिति काठमाडौंले प्रेस विज्ञप्ति जारी गरी घरधनीले जातीय विभेद गर्ने मनशाय नराखेको र प्रत्येक घरधनीलाई आफ्नो घर भाडामा दिँदा भाडामा बस्ने व्यक्तिको घर ठेगाना,पेशा,चालचलन तथा अन्य जानकारी सोध्ने अधिकार रहेको जनाएको छ । घर पेशा र चालचलन सोध्दैमा कोठा नदिएको भनेर प्रकाउ गरिनु सुनियोजित भएको र अनावश्यक आछेप लगाईएको देय ले विज्ञप्तीमा लेखेको छ ।

अध्यक्ष मचाराज महर्जनले जारी गरेको विज्ञत्तिमा भनिएको छ, ‘घरसल्लाह गरी खबर गर्छु भनेको र कुनै पनि करार वा बैना लिई सकेको अवस्था पनि नभएकोमा स्वयंले आफैं कामी भएर नदिने भनेको हो ? भन्दै आफू कुरा बढाएर फोन रेकर्ड गरी मिडियाकर्मी भन्दै शक्तिको दुरुपयोग गरी घरधनीलाई सुनियोजित रुपमा अतिरञ्जित गरेको देखिन्छ ।’

विज्ञप्ती निकाल्दै संगठनले घरमालिक सरस्वती प्रधानको तत्काल रिहाईको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस