न्युजिल्याण्ड बन्यो विश्व टेस्ट च्याम्पियन

काठमाडौं । न्युजिल्याण्डले जारी टेस्ट च्याम्पियसीपको उपाधि जितेको छ । आज भारतसँगको फाइनल खेलमा ८ विकेटको जित निकाल्दै न्युजिल्याण्डले उपाधि हात पारेको हो ।

भारतले दिएको १३९ रनको झिनो लक्ष्य न्यूजिल्याण्डले २ विकेट गुमाउदै पुरा गर्यो न्युजिल्याण्डको जितमा कप्तान केन विलियम्सनले अर्धसतक बनाए भने रस टेलरले उनलाई दर्हिलो साथ दिए । बलर हाबी भएको खेलमा भारतलाई रन जोड्न संघर्ष नै गर्नुपर्यो ।

यसअघिको इनिङमा भएको खेलमा भारत पहिलो इनिङमा २१७ रनमा र दोस्रो इनिङमा १७० रनमा अलआउट भएको थियो ।  न्यूजिल्याण्डले पहिलो इनिङमा २४९ रन बनाउँदै ३२ रनको अग्रता लियो । भारतलाई धराशयी बनाउन न्यूजिल्याण्डका फास्ट बलर किल जेमिसनले महत्वपूर्ण भूमिका खेले । उनले पहिलो इनिङमा ५ विकेट र दोस्रो इनिङमा २ विकेट लिएका थिए ।

खेलको सुरुवातमै दुई विकेट गुमेपछि नक्युजिल्याण्डको मनोवल केहि घटेको थियो तर तेस्रो विकेटको लागि विलियमसन र टेलरको साझेदारीले न्युजिल्याण्डको जीत सहज बन्यो ।

प्रतिक्रिया दिनुहोस