प्राकृतिक विधिबाट उच्च रक्तचाप नियन्त्रण गर्ने १० तरिका

उच्च रक्तचापलाई लिएर समाजमा अनेक भ्रम छन् । उच्च रक्तचाप अनियन्त्रित भएमा चिकित्सकको परामर्शमा औषधी सेवन गर्नुपर्छ । कतिले भन्छन्, औषधी सेवन गरेपछि त्यो जीवनभर छाड्न मिल्दैन । शरीरमा त्यसले नराम्रो असर गर्छ । तर, यी भ्रमका पछि नलाग्नुहोस् ।निश्चित अवधीसम्म औषधीले प्रभावकारी काम गरेमा औषधी जीवनभर खाइरहनुपर्छ भन्ने छैन ।

हाम्रो समाजमा कतिपय यस्ता व्यक्ति छन्, जसले निश्चित अवधी औषधी सेवन गरे र त्यसपछि चिकित्सककै परामर्शमा औषधी सेवन बन्द गरिदिए ।यद्यपी उच्च रक्तचाप, जीवनशैली, खानपानको कारण पनि निम्तने समस्या हो । यदि तपाईं पनि यस्तै समस्याले ग्रस्त हुनुहुन्छ भने, जुन कारणले उच्च रक्तचाप भएको त्यसको उपचार खोज्नु बढी फाइदाजक हुन्छ ।

जीवनशैली ठिक छैन भने, त्यसलाई परिवर्तन गरौं । खानपान, दिनचर्या, सोच चिन्तन सबै कुरालाई सकारात्मक, संयमित ढंगले अगाडि बढाउनुहोस् ।जीवनशैलीले उच्च रक्तचापको उपचारमा धेरै महत्वपूर्ण भूमिका खेल्छ । यदि तपाईले स्वस्थ जीवनशैली अपनाएर सफलतापूर्वका आफ्नो उच्च रक्तचाप नियन्त्रण गर्नुभयो भने तपाईलाई औषधिको आवश्यकता नै पर्दैन ।

यस्ता उपाय अपनाउनुभयो भने तपाईले औषधिको सेवन बिना नै आफ्नो रक्तचाप नियन्त्रण गर्न सक्नुहुन्छ ।

१. तौल घटाउनुहोस् -धेरैजसो मानिसको तौल बढ्नाले रक्तचाप बढ्ने गर्छ । तौल धेरै भएमा तपाईलाई श्वासप्रश्वासमा पनि गाह्रो हुन्छ जसले पछि रक्तचाप बढाउँछ ।तौल घटाउनु उच्च रक्तचाप नियन्त्रण गर्ने सबैभन्दा राम्रो र प्रभावकारी उपाय हो ।

तपाईले आफ्नो थोरै मात्रै तौल घटाउन सक्नुभयो भने त्यसले तपाईलाई रक्तचाप कम गर्न मद्धत गर्छ ।तौल घटाउनको साथै तपाईले आफ्नो कम्मरमा पनि नियमित रुपमा हेर्नुपर्छ, किनभने कम्मर नजिकको भागमा धेरै मोटो भएमा बढेमा तपाईलाई उच्च रक्तचापको जोखिम धेरै हुन सक्छ ।

२. नियमित अभ्यास गर्नुहोस्  -दैनिक करिब ३० मिनेटको दरले नियमित शारीरिक अभ्यास गर्नुहोस् । यसले तपाईको रक्तचाप घटाउन मद्धत गर्छ । शारीरिक अभ्यास तपाईको रक्तचाप स्थिर बनाउन पनि धेरै नै महत्वपूर्ण हुन्छ । यदि तपाईले एक्सरसाइज गर्न छोड्नुभयो भने तपाईको रक्तचाप फेरि बढ्छ ।

३. स्वस्थ र सन्तुलित खाना खानुहोस-होल ग्रेन, फलफूल, सागसब्जी र कम चिल्लो भएका दुग्धजन्य उत्पादनहरु खानुहोस् । तपाईलाई उच्च रक्तचापको समस्या छ भने खानामा स्याचुरेटेड फ्याट र कोलस्टेरोलको मात्रा घटाएरै रक्तचाप ११ एमएम सम्म घटाउन सकिन्छ ।

४. खानामा सोडियमको मात्रा घटाउनुहोस्—खानामा सोडियमको मात्रा घटाउनाले तपाईको मुटु स्वस्थ बनाउँछ र यदि तपाईलाई उच्च रक्त चाप छ भने त्यसलाई ५ देखि ६ एमएमसम्म घटाउन सकिन्छ । खानामा सोडियमको मात्रा घटाउन यस्तो उपाय अपनाउनुहोस्

(खानाको लेवल पढ्नुहोस र सम्भव भएसम्म सोडियम कम भएका खानेकुरा र पेयपदार्थ पिउनुहोस् ।(थोरै मात्र प्रशोधित खानुेकुरा खानुहोस्, प्राकृतिक रुपमा तयार भएका खानेकुरामा थोरै मात्रै सोडियम रहेको हुन्छ । धेरै जसो सोडियम प्रशोधन गर्ने समयमा थपिन्छ ।

(नुन कम खानुहोस् । मात्रै १ चिया चम्चा नुनमा २३०० मिलिग्राम सोडियम हुन्छ । त्यसैले तपाईले नुनको सट्टामा खानाको स्वाद बढाउन हब्र्स र मसला थप्नुहोस् । त्यस्तै खानाबाट एकैचोटी सोडियमको मात्रा घटाउन सक्नुहुन्न भने विस्तारै घटाउनुहोस् ।

५. अल्कोहलको थोरै मात्रै पिउनुहोस्-अल्कोहल तपाईको स्वास्थ्यको लागि राम्रो र नराम्रो दुवै हुन्छ । थोरै मात्रामा अल्कोहल पिउनाले तपाईको रक्तचाप कम हुन सक्छ । तर, तपाईले धेरै अल्कोहल पिउनुभयो भने त्यसले तपाईको रक्तचाप झनै बढाउन सक्छ ।

६. धुमपान त्यागिदिनुहोस्-तपाईले पिउने चुरोटको प्रत्येक खिल्लीले तपाईको रक्तचाप झनै बढाउँछ । धुमपान छोड्नाले रक्तचाप सामान्यअवस्थामा आउन मद्धत गर्छ । धुमपान छोडेमा तपाईको मुटुको रोगको जोखिम पनि कम गर्छ र समग्र स्वास्थ्य पनि सुधार हुन्छ ।

७. क्याफिनको मात्रा घटाउनुहोस-क्याफीनले कहिले काँही मात्रै कफी पिउने मानिसको रक्तचाप १० एमएम भन्दा धेरै बढाउँछ । क्याफिनले रक्तचापमा कस्तो असर गर्छ भन्ने कुरा अmझै पनि प्रष्ट छैन । क्याफिनको रत्तरचापमा दिर्घअसर एकिन नभएपनि यसले थोरै बढाउने चिकित्सकहरु बताउँछन् ।

८. तपाईको तनाव घटाउनुहोस्-तनावले रक्तचाप बढाउँछ । निरन्तरको तनावले मानिसको रक्तचापमा कस्तो असर गर्छ भन्ने बारे अझै धेरै अध्ययनहरुको आवश्यकता छ । कहिलेकाँही हुने तनावले पनि रक्तचाप बढाउछ ।तपाईलाई उच्च रक्तचापको समस्या छ भने तनावको कारण काम, परिवार वा स्वास्थ्य के हो भन्ने थाहा पाउनुहोस र त्यसपछि कसरी घटाउन सकिन्छ भनेर सोच्नुहोस् ।

९. नियमित रक्तचाप परिक्षण गर्नुहोस् र डाक्टरसँग भेट्नुहोस्-घरमै रक्तचाप परिक्षण गर्नाले तपाईको रक्तचाप कति छ थाहा पाउन सकिन्छ र तपाईले बेलैमा आफ्नो जीवशैली सुधार गरेर त्यसलाई स्वस्थ बनाउन सक्नुहुन्छ ।रक्तचाप नाप्ने मनिटर तपाईले बजारमा सजिलै किन्न सक्नुहुन्छ । आफ्नो डाक्टरसँग सल्लाह गरेर तपाईले घरमै रक्तचाप नाप्न सक्नुहुन्छ । डाक्टरसँग नियमित भेटघाटले पनि रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ ।

१०. परिवारको साथ लिनुहोस्-परिवार र साथीहरुको साथले पनि तपाईले आफ्नो स्वास्थ्यमा सुधार गर्न सक्नुहुन्छ । उनीहरुले तपाईलाई हौसला दिन सक्छन र तपाईले आफ्नो ख्याल राख्न सक्नुहुन्छ । यसले तपाईलाई जसले तपाईलाई भावनात्मक र मानसिक रुपमा पनि बलियो बनाउँछ ।

प्रतिक्रिया दिनुहोस