पहिलो र दोस्रो लहर सङ्क्रमण घट्दो, तर विज्ञहरु भन्छन्– यस्तै हो भने तेस्रो लहर थप जटिल हुन्छ

पिरजादा अर्साद हमिद १० असार : भारतमा हाल जारी रहेको कोभिड १९ को दोस्रो लहर घट्दो क्रममा देखिएको छ । पछिल्ला केही हप्तामा सङ्क्रमणको दर घटेको पाइएको छ । यता यस्तो अवस्था रहे पनि भारतका जनस्वास्थ्यविद्हरुले भने समयमा यहाँ तेस्रो लहर आउन सक्ने भन्दै खतराको घन्टी थिच्न थालेका छन् ।पछिल्लो समयमा भारतमा यसरी घट्दो क्रममा सङ्क्रमित देखिन थालेपछि यहाँको सरकारले यसअघि लगाएका प्रतिबन्धहरुलाई केही खुकुलो बनाएको छ ।

यसरी खुकुलो बनाएपछि नागरिकहरु सडकमा निस्किन थालेका छन् ।उनीहरुले सामाजिक दुरी कायम गर्ने तथा अरु जनस्वास्थ्यका आधारभूत मापदण्डहरु पनि पालना गर्न छोडेका छन् ।जसका कारण फेरि भारतमा अर्काे खतरा आउन सक्नेतर्फ जनस्वास्थ्यविद्हरुले सरकारलाई सचेत बनाएका छन् ।बुधबार बिहान मात्र भारतमा ५० हजार ८४८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

गएको २४ घन्टामा त्यहाँ बुधबार मात्र ती सङ्क्रमित थपिएको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको हो ।यो समेत गरी भारतमा अहिलेसम्ममा कम्तीमा पनि ३ करोड सङ्क्रमित्र पुगेका हुन् ।यहाँ ३ करोड २८ हजार ७०९ जना सङ्क्रमित पुगेका हुन् ।त्यस्तै यहाँ यो सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पनि झण्डै चार लाखको नजिक पुग्दैछ ।

भारतमा कोरोना भाइरसका सङ्क्रमितहरुमध्ये ३ लाख ९० हजार ६६० जनाको ज्यान गएको छ ।हाँ केही समय अघिसम्म हरेक दिन २ हजार भन्दा पनि बढी सङ्क्रमितहरुको ज्यान जाने गरेको थियो । तर अहिले सो अवस्थामा पनि कमी आएको छ । यहाँ अहिले मृत्यु हुनेको सङ्ख्या पनि उल्लेख्य मात्रामा घट्दै गएको देखिएको छ ।

अदालतहरूले राज्य सरकारहरूलाई तयारीका बारेमा प्रश्न गरेका छन् भने विज्ञहरूले अबको १२ देखि १६ हप्तामा तेस्रो लहर आउना सक्ने बताएका छन्।न्य थुप्रैलाई भने डेल्टा प्लस भनिएको नयाँ भेरिअन्टले अहिलेको खोपलाई कमजोर तुल्याउने चिन्ता छ।डल्टा प्लस नेपालमा पनि भेटिएको ए वाई १ भेरिअन्ट हो।भारतमा गत वर्ष पहिलो पटक भेटिएको डेल्टा भेरिअन्ट अहिलेको घातक दोस्रो लहरका लागि जिम्मेवार मानिन्छ।

तर नयाँ लहरको चिन्ता कत्तिको जायज हो? प्रकोपको लहरहरू आउनु स्वाभाविक भए पनि त्यसको खतरा र फैलावट भने धेरै कारणमा आधारित हुन्छ।खोप अभावले नयाँ भेरिअन्टको ‘उर्वर भूमि बन्ने’ जोखिममा नेपालकोभिड हुँदा तपाईँलाई पनि नचाहिँदो एन्टिबायोटिक दिइएको छ कि

प्रतिक्रिया दिनुहोस