बिहेमा गएका श्रीमान फर्केर घरमा आउदा कोठामा श्रीमतीसंग अर्कै परपुरूष देखेपछि

असार ३ गते अनिल काहारको छिमेकीको बिहे थियो। त्यो बिहेमा अनिल गएका थिए। घर फर्केर आउँदा उनले आफ्नो कोठामा श्रीमतीसंगै अर्का पुरुषलाई पनि देखे । उनले त्यो देखेर सहन सकेनन् । आफ्ना दाईलाई बोलाए, दाई र आफु मिलेर श्रीमतीसंगै कोठामा भेटिएका विजयवहादुर कुर्मीको ज्या न लि’ए ।

कपिलबस्तु नगरपालिका ८ बेलौहमा भएको यो घटनामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका ८ बेलौहवाका ३२ वर्षीय रमेश काहार, २३ वर्षीय अनिल काहार र २२ वर्षीया बास्मती काहार छन्। बास्मती अनिलकी श्रीमती हुन् भने रमेश अनिलका दाजु हुन्।

कपिलवस्तु प्रहरीका अनुसार सोही ठाउँका १८ वर्षीय विजयबहादुर कुर्मी अनिलको कोठामा अनिल नभएको बेलामा श्रीमतीसंगै फेला परेका थिए । कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार असार ७ गते कुर्मीको शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

स्थानिय एक पोखरीमा भेटिएको शव कुर्मीको हो भन्ने पहिचान खुलेपछि सम्बन्धीत ब्यक्ति खोज्दै जाँदा प्रहरी विवाहेत्तर सम्बन्धका कारण घटना भएको निष्कर्षमा पुगेको छ ।

अनुसन्धान गर्दै जाँदा उनको असार ४ गते घटना भएको खुलेको छ । असार ३ गते अनिल काहारको छिमेकीको बिहे थियो। त्यो बिहेमा अनिल गएका थिए। विवाहमा सहभागी भएर उनी विहान पख रातीनै घर फर्किएका थिए । रातीको समयमा कुर्मीलाई आफ्नो कोठामा देखेपछि घटना भएको हो । कुर्मीसँगै उनकी श्रीमती बास्मती पनि थिइन्।

प्रतिक्रिया दिनुहोस