ललितपुरमा बजेट अन्योल,नगरसदस्यद्वारा बहिस्कार

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्न सकेको छैन । ललितपुर महानगरपालीकामा आज ११ बजे बोलाइएको बैठक नगर सदस्यहरुले बहिस्कार गरेपछि बजेट पेस हुन नसकेको हो । नियमअनुसार हर्ने हो भने असार १० गतेसम्म स्थानिय तहले  बजेट पेस गर्नुपर्ने हुन्छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐनमा लेखेअनुसार १० असारभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने हो । नीति तथा कार्यक्रममा छलफल नगरिएको भन्दै १९ जना वडा अध्यक्षले बैठक बहिस्कार गरेका छन् ।

ललितपुर महानगरले बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रममाथि छलफल नचलाएको भन्दै १९ वडाअध्यक्षले सभा बहिस्कार गरेपछि महानगरका प्रमुख-उपप्रमुख अन्योलमा परेका छन् । अल्पमतको स्थीति सृजना भएपछि ललितपुर महानगरपालीकामा आज बजेट पारित गर्नुपर्नेमा बजेट नै अन्योलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस