पाल्पामा पानीजहाज सबस्टेशनकाे सम्भाव्यताबारे स्थलगत अध्ययन शुरु

रामपुर (पाल्पा), असार ११ गते । शालिग्राम पाइने नेपालकै एकमात्र नदी कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा सबस्टेशन राख्ने सम्भाव्यताको अध्ययन शुरु गरिएको छ ।पाल्पाको राम्दीदेखि देवघाटसम्म एक सय ३५ किलोमिटर जलयान सञ्चालन गर्न बनाइएको योजनाअनुरुप कालीगण्डकीको देवघाट र रामपुरमा सबस्टेशनको लागि स्थलगत अध्ययन भइरहेको छ ।

नेपाल पानीजहाज कार्यालय काठमाडौँले पाल्पा खण्डको रामपुर नगरपालिकाका दुई स्थानमा सबस्टेशन राख्न सम्भाव्यता अध्ययन गरेको छ । रामपुर नगरपालिकाको वडा नं ३ स्थित केलादीघाट र वडा नं ६ स्थित गौरीघाटमा सबस्टेशनको लागि निरीक्षणको काम भएको छ ।
सम्भाव्यता अध्ययन भएकामध्ये केलादीघाटमा सडकको पहुँच, केन्द्रभाग पर्ने भएकाले त्यहाँ सबस्टेशनको लागि सम्भावना देखिएको हुदा सो क्षेत्रको माटो परीक्षण तथा सर्भे गरेर असार मसान्तभित्र नेपाल सरकारलाई सुझावसहितको अध्ययन प्रतिवेदन हस्तान्तरण गर्ने नेपाल पानीजहाज कार्यालय काठमाडौँका इन्जिनियर तथा जलश्रोतविद् अनुप खनालले बताउनुभयो ।

“सर्भे गर्दाको समयमा आएको नतिजाको ड्राफ्ट रिपोर्ट अहिले तयारी गर्दैछौँ, यो सबै टर्मिनलको पनि डिजाइन पूरा तयार पारेर एकै पटक पठाउने हो, अहिलेसम्मको अध्ययनले हामीसँंग नेपालमा कस्तो किसिमको जहाज चलाउने भन्ने वर्गीकरणका लागि नीति छैन, हामीले अवलम्वन गर्ने भनेको भारतको हो”, उहाँले भन्नुभयो ।
इन्जिनियर खनालका अनुसार सबैभन्दा सानो जहाजको लागि एउटा सम्भावना एक सय टन क्षमता अर्थात् एक लाख किलो बोक्न सक्ने जहाज हेरिएको छ ।

एक लाख किलो बोक्नसक्ने क्षमता भएको जहाजले सरसर्ती हेर्दा दुई हजार बोरा सिमेण्ट बोक्न सक्ने जहाजको अध्ययन भइरहेको छ ।एक लाख किलो सामान बोक्न सक्ने क्षमताको जहाजको लागि डेढ मिटरको पानीको गहिराई र तीस मिटरको चौडाई आवश्यकता पर्दछ । कालीगण्डकीमा सो क्षमताको जहाज दुईतर्फी नै चलाउन सकिन्छ ।

नेपाल सरकार पानीजहाज कार्यालयको प्राथमिकता पनि हाललाई दुईतर्फी जहाज चलाउने छ भने यदी नदीको सम्भावना नभएको ठाउँमा के गरेर पु¥याउन सकिन्छ सो क्षेत्रको गहिराई, चौडाई कसरी पु¥याउन सकिन्छ त्यो पनि अध्ययन प्रतिवेदनमा समावेश गरेर नेपाल सरकारलाई पठाउने टोलीले जानकारी दिएको छ ।
अहिलेका लागि रामपुर खण्डमा कालीगण्डकीको दुई ठाउँ केलादी र गौरीघाटमा निरीक्षण गरिए पनि यी दुई घाट नजिकै भएकाले दुबै ठाउँमा सबस्टेशनको आवश्यकता छैन ।

अहिलेलाई केलादीघाटको माटो परीक्षण गरेर पठाउने र त्यसको रिपोर्ट आएलगत्तै सबस्टेशन तयार गरिनेछ ।स्ती बढ्दै गएको खण्डमा कालीगण्डकीमा पानीजहाज सुचारु भइसकेपछि यहाँको आवश्यकता हेरेपछि पनि विभिन्न ठाउँमा सबस्टेशन थप्न सकिन्छ ।पानीजहाजको स्टेशन तथा टर्मिनल राख्नका लागि उपयुक्त ठाउँ, नदीमा बहेको पानीको बहाव कतातिर छ, भौगोलिक भूगोल, सडक सुविधा, केन्द्र भाग छ या छैन जस्ता कुराको अध्ययन गरेर मात्रै राखिने भएको हुँदा अध्ययनमा अहिलेको लागि केलादीघाट उपयुक्त देखिएको छ ।

नेपाल सरकारको तर्फबाट कालीगण्डकी नदीमा जलयान अर्थात् पानीजहाज सञ्चालनका निम्ति विसं २०७७ को चैत पहिलो साता राम्दीघाटदेखि देवघाटभित्रको क्षेत्रमा पर्ने एक सय किलोमिटर क्षेत्रमा पानीको गहिराई नाप्ने काम भइसकेको छ ।पानीजहाज चलाउनका निम्ति कालीगण्डकीको देवघाटमा एउटा ठूलो स्टेशन राख्ने टर्मिनल निर्माण गरिनेछ भने अर्को रामपुरलाई सुबिधा हुने गरी एकवटा पानी जहाजको सबस्टेशन राख्ने योजना बनाइएको छ ।

कालीगण्डकीसँग जोडिएको पाल्पाको रामपुर उपत्यका व्यावसायिक, व्यापारिक केन्द्रका रुपमा अगाडि बढ्दै गएको र यहाँ पर्यटकीय सम्भावना पनि थुप्रै रहेको हुँदा रामपुरमा नै एकवटा सबस्टेशन राख्ने योजना बनाइएको हो ।पाल्पाको राम्दीदेखि देवघाटसम्म जलयान सञ्चालनका निम्ति छ वटा समूहले स्थलगत परीक्षण तथा सर्भे पश्चात अहिले देवघाट र रामपुरमा सबस्टेशनको लागि स्थलगत सम्भाव्यता अध्ययन तथा निरिक्षणको काम भएको छ ।

पाल्पाको राम्दीदेखि देवघाटसम्म एक सय ३५ किलोमिटर जलयान सञ्चालनको योजना बनाइएको छ । पानीजहाज कार्यालय काठमाडौँबाट आएको टोलीले नदीको धारअनुसारको सबस्टेशन राख्नका लागि अध्ययन गरेको बताएको छ ।र्यटकीय तथा धार्मिक हिसाबले महत्वपूर्ण कालीगण्डकी नदीमा पानीजहाज सञ्चालन गर्ने योजना अति नै राम्रो रहेको र पानीजहाज नियमित सञ्चालनमा आएपछि कालीगण्डकी बेसीका नागरिकले धेरै फाइदा लिन सक्ने नेकपा एमाले रामपुर नगर कमिटी ईन्चार्ज अध्यक्ष राजुप्रसाद श्रेष्ठ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस