फेसवास कसरी रोज्ने र कसरी लगाउने : डा‍. प्रकाश आचार्य

फेसवास कसरीहुन त मुख धुने तरिका सामान्य हो। तर, हिजोआज बजारमा यतिधेरै ब्रान्डको फेसवास पाइन्छ । कस्तो प्रकारको छालालाई कस्तो प्रकारको – फेसवास प्रयोग गर्ने र फेसवास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू के के हुन यहाँ बताइएको छ।

– स्क्रिप जस्ता फेसवासहरू कम प्रयोग गर्न ।– दिनमा २ पटक मात्र मुख धुने, व्यायाम गरिन्छ मर्निङ्ग वाक गरिन्छ भने दिनमा तीन पटक सम्म मुख धुन सकिन्छ ।– धेरै तातोपानी मुखमा प्रयोग नगर्ने, ठिक्क मनतातो पानी प्रयोग गर्ने पर्दछ ।

– टावेलले मुख घोट्ने गर्नु हुन्न,हल्का तरिकाबाट मात्र मुख पुछ्ने।– हामीले मोश्चराइज गर्दा हल्का चिसो पानी हुदैँमा गर्नु राम्रो ।

#कस्ता मानिसले फेसवास गर्ने

– ड्राइ छाला अर्थात सुख्खा छाला भएका मानिसहरूले फेसवास गर्ने ।– धेरै फिज आउने फेसवास प्रयोग नगर्नेे।– फेसवास सकेसम्म कम समयमा प्रयोग गरिभ्याउने किनकि, त्यसमा भएको केमिकलले हाम्रो छालामा असर पार्न नसकोस्।

– कम्बिनेसन जोन अर्थात् निधार र नाकको टी जोनमा धेरै चिल्लो हुने गर्छ ।– हामीले फेसवास छान्दा नरम खालको क्रिम टाइपको केमिकल नमिसाइएको नर्मल फेसवास प्रयोग गर्नु पर्दछ ।-बजारमा पाइने जुनसुकै प्रकारको फेसवास प्रयोग गर्नु हुदैन किनकि, यसले हाम्रो छालामा असर गर्दछ।– डन्डीफोर आउने छाला विग्रने छियाछिया पर्ने जस्ता समस्याहरू यसको प्रयोग बाट देखा पर्दछन्।

रोज्ने र कसरी लगाउने : डा‍. प्रकाश आचार्य

प्रतिक्रिया दिनुहोस