नेपाली चेली सविना श्रेष्ठ को’रोना भ्याक्सिन बनाउने जोन्सन कम्पनीको उत्कृष्ट कर्मचारी घोषित !

काठमाडौं: नेपाली चेली सविना श्रेष्ठ को’भिड–१९ विरूद्ध जोन्सन भ्याक्सिनले उत्पादन गरेको कम्पनीको उत्कृष्ट कर्मचारी घोषित भएकी छिन्। को’रो ना भाइरस वि’रूद्धको भ्याक्सिन उत्पादन कम्पनीमा जोन्सन एण्ड जोन्सन उत्कृष्ट मानिन्छ । यो कम्पनीबाट उत्पादित भ्याक्सिनमा विश्व चर्चित व्यक्तित्व बिल गेट्सको लगानी छ।

पोखराबाट अध्ययन गरेर नेदरल्याण्ड पुगेकी सविनाले इन्जिनियरिङको पढाई पुरा गरिसकेकी छिन्। उनलाई यसै साता जोन्सनले ‘हिरो मेडल’ बाट सम्मानित गरेको थियो।२६ वर्षकी सविनाकी बहिनी सरु श्रेष्ठको हालै अन्तरिक्षमा यान तथा सेटलाइट पठाउने टोलीमा नाम सार्वजनिक भएको थियो।

यो पनि, असोज मसान्तसम्म ३३ प्रतिशत जनसंख्यालाई को’भिड खोप दिइने : सरकारले असोज मसान्तसम्म ३३ प्रतिशत जनसंख्यालाई कम्तिमा को’भिडको पहिलो मात्रा खोप दिने लक्ष्य राखेको छ। स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कम्तिमा ३३ प्रतिशत जनसंख्यालाई पहिलो मात्रा खोप दिनसके हदसम्म संक्रमण नियन्त्रण गर्न सक्ने देखिएको जानकारी दिनुभयो ।

उहाँले लक्षित यो जनसंख्यालाई सके दुबैमात्रा नसके पहिलो मात्रामात्रै भएपनि खोप दिन सके नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो। यसका लागि हामीलाई १ करोड ५० लाख डोज आवश्यक पर्ने बताउँदै सचिव अर्यालले १ करोड १० लाख डोज खोपको अर्डर गरि एको जानकारी दिनुभयो । नेपालमा कोभ्याक्स सुविधाबाट २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप उपलव्ध हुने र बाँकी सरकारनै खरिद गर्नुपर्ने भएकाले खोपलाई कूटनीतिक तथा राजनीतिक तवरले पहिलो प्राथमिकतामा राख्नपर्ने उहाँको भनाइ छ ।

नेपालले कोभ्याक्स सुविधामार्फत २० प्रतिशत जनसंख्यालाई पुग्ने अर्थात १ करोड २० लाख डोज खोप प्राप्त गर्ने र यसमध्ये ३ लाख ४८ हजार डोज खोप उपलव्ध भएको उहाँले बताउनुभयो । संक्रमणको पहिलो र दोस्रो लहरमा आइपुग्दा त्यति खरावस्थिति नदेखिए पनि अबका लहरबाट जोगिन अहिलेबाटै तयारी गर्नुपर्ने भएकोले सोही अनुसार मन्त्रालयबाट काम भइरहेको दाबी उहाँको छ ।

‘पहिलो लहरमा मृ,त्युदर कम रहेपनि दोस्रो लहरमा स्वास्थ्य प्रणालीले धान्नै नसक्ने स्थिति देखियो अब हामी तेस्रो लहरबाट जोगिन पूर्वतयारीमा छौ’ ,सचिव अर्यालले भन्नु भयो । खोपको चर्चा भएपनि समयमै खोप उपलव्ध नहुँदा अभियान सुरु भएको ५ महिनामा जम्मा २५ लाख ५६ हजार १२९ जना अर्थात् ८ दशमलब २ प्रतिशत जनसंख्याले पहिलो मात्रा र ७ लाख ४५ हजार ६७० अर्थात् २ दशमलब ३ प्रतिशत जनसंख्या मात्रैले दुबै मात्रा खोप पाएका छन् ।

प्रतिक्रिया दिनुहोस