मैले सामाजिक दुरी पालना गर्न सकिन त्यसैले राजिनामा लेख्दैछु – बेलायती स्वास्थमन्त्री

काठमाडौं । बेलायतमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्।
कोरोना महामारीको समयमा सामजिक दूरि कायम नगरी सहकर्मीलाई चुम्बन गरेपछी उनको आलोचना भएको थियो । त्यसपछी उनले हिनताबोध महसुस गर्दै राजिनामा दिएका छन् ।
उनले आफ्नो राजिनामा पत्र प्रधानमन्त्री समक्ष बुझाउदै लेखेका छन् ।
प्रधानमन्त्रीलाई लेखेको पत्रमा उनले ‘जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने’ लेखेका छन्। प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा पत्र पाएर आफू ‘दु:खी’ भएको बताएका छन्।
पूर्व अर्थमन्त्री शजिद जावेदलाई नयाँ स्वास्थ्यमन्त्री बनाइएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।
उनी यस अघि द सन पत्रिकामा जीन कोलेड्यानजेलो सँग चुम्बन गरेको फोटो सार्वजनिक भएपछी चर्चामा मुसिएका थिए । उनी सामाजिक दुरी कायम नगरेको र आफ्नी पत्नि लाई छाडेर सहकर्मी सँग चुम्बन गरेको भन्दै विवादमा मुसिएका थिए ।

राजिनामा दिँदै उनले थप लेखेका छन् । “यो देशका सबैले गरेको धेरै त्यागलाई मैले बुझेको छु…र हामी जसले नियम बनाउँछौँ त्यसमा प्रतिबद्ध हुनुपर्छ र त्यसकै कारण मैले राजीनामा दिएको हुँ।” स्वास्थ्यमन्त्रीका रूपमा तीनवर्ष काम गरेका ह्यानककले आफ्नो राजीनामा पत्रमा ‘नियम तोडेकोमा’ बारम्बार माफी मागेका छन्। त्यस्तो अवस्थाका लागि उनले आफ्नो परिवार र प्रियजनसँग समेत माफी मागेका छन्।

प्रतिक्रिया दिनुहोस