जमिनमुनि लाखौं लुकाएर फेसबुकमा ‘हिन्ट’ दिए, जसले भेट्टाउन सक्छ पैसा उसको

काठमाडौं। को’रोना महामारीले पछिल्लो १ वर्ष कैयौं मानिसहरुलाई घरमै रहन बा’ध्य पारेको छ । तर, अमेरिकाका २ साथीहरुले भने समस्यामा परेका मानिसहरुको जीवनमा खुसी भर्ने योजना बनाएका छन् । यसको लागि उनीहरुले निकै रोचक आइडिया रोजेका छन् ।

जोन म्याक्सिम र डे’भिड क्लिन नामका यी साथीहरुले गत वर्ष ट्रेजर हन्ट अर्थात खजानाको खोजी जस्तै एक रोचक प्रतियोगिता सुरु गरेका थिए । उनीहरुले आफ्नो ५ हजार डलर उटाहको पहाडमा लुकाएका थिए । त्यसपछि उनीहरुले आम मानिसहरुसँग जसले यो पैसा खोज्न सक्छ त्यो पैसा उसैको हुने भनेका थिए ।

उनीहरुको उद्देश्य कोरोनाको यो समयमा स’मस्यामा परेका मानिसहरुको जीवनमा यो ख’जानाको खोजी प्रतियोगिताको माध्यमले रमाइलो ल्याउनु थियो । तर, उनीहरुले लु’काएको त्यो खजाना ४ दिनमै खोजियो । अब यस वर्ष जोन र डे’भिडले दोस्रो ट्रेजर ह’न्ट सुरु गरेका छन् ।

यस पटक उनीहरुले १० हजार डलर जमिनमुनि गाडेका छन् । र, यो पैसा पनि जसले भेट्टाउँछ उसकै हुन्छ ।फक्स न्यू’जसँगको कुराकानीमा डेभिडले भने ‘हामीले महसुस गरेका थियौं कि को-भि’डका कारण मानिसहरु निकै ह’ताश र नि’राश महसुस गरिरहेका थिए ।

उनीहरु म’हामारीका कारण कैयौं समयदेखि घरभित्र समय बिताउन बाध्य थिए । यस क्रममा हामीले सोच्यौं कि मानिसहरुलाई सुरक्षित र रो’चक तरिकाले घरबाहिर नि’काल्ने के तरिका हुन सक्छ भनेर सोच्यौं । त्यसपछि हाम्रो दि’मागमा ट्रे’जर हन्टको आइडिया आयो ।’

अब यी साथीहरुले हरेक शुक्रबार सामाजिक संजालमार्फत लु’काइएको खजाना खोजीका लागि हिन्ट दिन्छन् । डे’भिडका अनुसारयो खजानाको खोजीका लागि अहिलेसम्म १ हजारभन्दा धेरै मानिस जो’डिइसकेका छन् । उ’टाहमात्र नभइ अ’लास्का र ह’वाइका मानिसहरुले पनि यसमा भाग लिएका छन् ।

प्रतिक्रिया दिनुहोस