सरस्वती प्रधानलाई कारागारबाट छुटाउने मन्त्रीले मागे माफी

रुपा सुनारलाई कोठा नदिएको आरोपमा प्रकाउ परेकी सरस्वती प्रधानलाई हिरासतबाट छुटाउन पुगेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले माफी मागेका छन् ।
हिजो दिउँसो राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पुगेर मन्त्री श्रेष्ठले भूल स्विकारेका हुन् ।

आयोगका सह–प्रवक्ता लोकनाथ बाँस्तोलाले मन्त्री श्रेष्ठ आफ्ना स्वकीय सचिवसहित दिउँसो २ बजे आयोगमा आएको पुष्टि गरे । ‘मन्त्री श्रेष्ठले आफूबाट गल्ती भएको स्विकार्दै आइन्दा यस्तो भूल नगर्ने बाचा आयुक्तहरूसमक्ष गरेको आयाेगका एक सदस्यले जानकारी दिए ।

सहप्रवक्ता बाँस्तोलाले भने छलफलबारे जानकारीसहितको प्रेस विज्ञप्ति जारी गरिने बताए । ‘आयुक्तहरू मात्रै बस्नुभएकाले मलाई पनि धेरै कुरा थाहा छैन’, उनले भने, ‘हिजै विज्ञप्ति निकाल्ने तयारी थियो । भ्याइएन । आज जारी हुने विज्ञप्तिमा सबै खुलाइने छ । गत ९ असारमा मन्त्री श्रेष्ठले प्रधानलाई आफ्नै गाडीमा हिरासतबाट छुटाएर घरसम्म छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस