घाउ, खत र दाग भएकाहरुले ध्यान दिनुपर्ने कुराहरु

जलेको घाउ निको भएपछि, घाउ परसिएपछि वा शल्यक्रिया गरिएपछि एक किसिमको चिन्ह, दाग वा खत छालामा रहिरहन्छ । साधारण तवरबाट घाउ पुरिएपछि वा निको भएपछि यस किसिमको दाग वा खत देखिन्छ । यस्ता दाग वा खत जहाँ चोट लागेर क्षति पुगेको छ, त्यहीँ देखिन्छ ।

घाउको खत वा दागको कसरी पहिचान गर्ने ?घाउको खत वा दागको रङ्ग रातोबाट हल्का बैजनी हुन्छ ।घाउको खत वा दाग चिलाउने हुन्छ ।घाउको खत वा दाग अलिकति पलाएको वा छालाको सतह भन्दा माथि उठेको हुन्छ ।

ध्यान दिनुपर्ने कुराहरु -यदि घाउको खत वा दागको समयमै उचित व्यवस्थापक गरिएन भने यो पलाएर छालाको सतह भन्दा माथि उठेर ठुलो खत वा दाग बन्छ । जुन पीडादायक हुन्छ र घाउ लागेको अंगको सामन्य चाललाई सीमित बनाइदिन्छ ।

पलाएको वा उठेका घाउको खत वा दाग घाउ निको हुने क्रममा घाउको सामान्य तन्तु रहेको ठाउँमा नयाँ पलाइको तन्तुको बाक्लो तहको वृद्वि हुँदै जान्छ ।समान्यतया चोकपटक लागेको एकदेखि तीन महिनाको अवधिमा घाउमा तन्तुको बाक्लो तह वृद्वि भई खत वा दाग पलाई छालाको सतह भन्दा माथि उठ्न थाल्दछ ।घाउको खत वा दाग पलाएको कसरी थाहा पाउने ?

घाउको खत वा दाग रहेको ठाउँ थोरै अथवा धेरै कालो हुदै जान्छ ।छालाको बनोट खस्रो र एकै सतहमा नमिलेर अग्लो होचो हुन्छ ।असहज र अफ्ठ्यारो महसुस हुने अथवा दुख्ने हुन्छ ।घाउ लागेको भाग चलाउन गाह्रो हुन्छ ।घाउ लागेको ठाउँ वा अंग धेरै प्रयोग नहुने अर्थात् नचलाउने भएकोले प्रभावित क्षेत्र पातलो देखिन्छ र कमजोर हुन्छ ।

कसरी रोकथाम कसरी गर्ने बास्ना नआउने साबुनले छालालाई राम्ररी सफा गर्ने छालालाई पूर्ण रुपमा सुख्खा राख्ने-घाउको खत वा दागलाई घाम र तातोबाट बचाउने-घामबाट बच्न सुरक्षात्मक कपडा र टोपी लगाउने-घाउको खत वा दागलाई ओसिलो चिसो, नरम राख्ने

मालिस गर्ने-साधारण नरिवलको तेल दिनमा ३ देखि ४ पटक लगाउने-घाउ पुरिन थालेपछि मालिस गर्न थाल्ने-घाउमा तेल पूरा र समान मात्रामा दल्ने-घाउको भागलाई सेतो हुने गरी प्रसस्त दवाब दिएर तेल लगाउने-घाउको खत वा दागमाथि बुढी औँला र औँलाहरुको गड्डा बनाई तीनैतिरबाट मालिस गर्ने

१ गोलो-घडिको चाल विपरीत मालिस गर्न २ ठाडो  तल र माथिबाट मालिस गर्ने ३ समानान्तर–एक भागबाट अर्को भागमा समानान्तर रुपले मालिस गर्ने  अठ्याउने, पकड्ने र बटार्ने  घाउको खत वा दाग परेको भागलाई आफ्नो बुढी औला र चोर औलाले पकड्ने र बटार्ने प्रेसर गार्मेन्टस वा ब्यान्डेजको प्रयोग

घाउको खत वा दाग परेको भागमा प्रेसर गार्मेन्टस वा ब्यान्डेजको प्रयोग गर्दा शरीरको साधारण स्वरुप बन्न्मा मद्दत गर्छ र असाधारण खत वा दाग पलाउन, यसलाई सतह माथि उठेन दिँदैन र कुरुप बन्न रोक्दछ ।जलेको चोटमा प्रेसर गार्मेन्टस वा ब्याण्डेजको प्रयोग २ वर्ष सम्म गर्नुपर्दछ ।

ध्यान दिनुपर्ने कुराहरु  नेपालमा प्रेसर गार्मेन्टस सजिलै पाउन सकिन्न त्यसैले प्रेसर गार्मेन्टसको सट्टामा क्रेप ब्यान्डेजको प्रयोग गर्न सकिन्छ ।आँखा वरिपरिको घाउको खत वा दाग  क्रिम या तेल निरन्तर रुपमा आँखा वरिपरि लगाउने र त्यसपछि वारम्वार आँखा बन्द र खोल्ने, आँखाको नानीले चारैतिर हेर्ने र घुमाउने प्रयास गर्ने

ध्यान दिनुपर्ने कुरा  आँखामा तेल पर्न नदिने  मुख र आँखाको खत वा दाग  ओठको भ्यास्लिन र ग्लिसिरिन वा नरिवलको तेल लगाएर नरम र ओसिलो बनाइराख्ने  अनुहारका मांसपेशीहरुलाई दिउँसो पति सक्दो त्यति चलाई राख्न कोशिस गर्ने

परिवारका सदस्य, साथीहरु व्यक्तिसित कुराकानी गर्ने  गीत वा भजन गाउने  नियमित रुपमा अमला, छुर्पी वा च्युइङगम चपाइरहने  एबीसीडी जस्ता अक्षरहरु चिनिरहने  ठूलो आवाज निकाली हाँस्ने र कराउने  मुख चौडा गरी खोल्ने  हाँस उठ्दो हुने गरी अनुहारलाई बङ्ग्याउने विभिन्न आकार बनाउने  मुख चौडा गरी खोल्ने, हाँस्ने, खाने र गोलो बेलानाकार वस्तुहरु मुखमा घुसाउने।

प्रतिक्रिया दिनुहोस