दुर्घटनामा निधन भएका सहप्राध्यापक भण्डारीको पशुपति आर्यघाटमा अन्त्यष्टि

काठमाडौँ– कार दुर्घटनामा परी निधन भएका त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक शंकर भण्डारीको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।

त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशकसमेत रहेका भण्डारीको काठमाडौँका पशुपतिनाथमा अन्त्यष्टि गरिएको हो । भण्डारीको रूपन्देहीको देवदहमा मंगलबार बेलुकी कार दुर्घटनामा परेर निधन भएको थियो ।

प्रहरीका अनुसार रूपन्देही देवदह वडा नम्बर १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटना हुँदा भण्डारीको निधन भएको हो ।

मंगलबार बेलुकी करिब साडे ८ बजेतिर उक्त दुर्घटना भएको थियो। दुर्घटनालगत्तै उनलाई बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल लगे पनि चिकित्सकहरूले उनलाई मृतक घोषणा गरेका थिए।

रूपन्देहीको तिलोत्तमा वडा नम्बर २ योगिकुटीका ५२ वर्षीय भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ हुन्।

प्रतिक्रिया दिनुहोस