सकियो बार्सीलोना सँग मेसीको सम्झौता

बार्सिलोनाका स्टार खेलाडी सम्झौताबाट मुक्त भएका छन् । उनको बार्सिलोना सँग भएको सम्झौताको म्याद हिजो सकिएको छ । वर्ष दिन पहिले बार्सिलोना छोड्न चाहेका मेस्सी सम्झौतामा रहेको व्यवस्थाका कारण त्यहिँ बस्न बाध्य भएका थिए ।

तर अब बार्सिलोनासँगको उनको सम्झौता सकिएको छ । बार्सिलोनासँगको उनको सम्झौता बुधबार मध्यरातसँगै समाप्त भएको हो । महिनौँदेखि चलेका विभिन्न हल्ला तथा अनुमानका बाबजुद बार्सिलोनासँग उनले सम्झौता लम्ब्याएनन् ।

नयाँ सम्झौताका लागि छलफल जारी रहेको विश्वास गरिन्छ । यसको अर्थ मेस्सीले अझै पनि बार्सिलोनामै रहने निर्णय भने गर्न सक्ने छन् ।

उनमा इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सहितको चासो पनि छ । अब उनलाई भित्र्याउन चाहने क्लबले बार्सिलोनालाई कुनै पनि रकम तिर्नु पर्ने छैन । मेसी सम्झौता मुक्त भएसँगै उनिमाथी धेरैले बोली लगाउन सक्छन् । तर बार्सीलोना सँगै सम्झौता थपेको खण्डमा भने मेसी पुंन बार्सीलोना सँग आवद्द हुनेछन् ।

प्रतिक्रिया दिनुहोस