पार्टी त्यागेर राप्रपाका तीनसय बढि नेपाली कांग्रेस प्रवेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल धादिङ क्षेत्र नम्वर १ क्षेत्रीय कार्यसमितीका सम्पूर्ण सदस्य सहित ३०० जना नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् । कांग्रेस सभापती शेरबहादुर देउबा निवास बुढानिलकण्ठमा एक कार्यक्रमका बीच राप्रपा नेपालका ३ सय बढी नेपाली कांग्रेस प्रवेश गरिसकेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्ने हरुको सूचीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्दी्रय सदस्य श्याम लामा पनि छन् । करिब तीन दशकदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहेका लामा प्रतिनिधिसभाको गत निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए ।

पार्टी प्रवेश गरेका एक सदस्यले गणतन्त्रको बिरोध गर्ने तर भाग आए खान पछि नपर्ने बानीले पार्टी तथा नेताहरुको चरित्र पुष्टी गर्ने बताएका छन् । राप्रपा सदस्यहरु पार्टी प्रवेश गरिसकेपछी वोल्दै नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले पार्टी अझ शशक्त र दर्हिलो भएको बताएका छन् ।
उनले पार्टी प्रवेश गर्ने राप्रपा कार्यकर्तालाई स्वागत गर्दै लोकतान्त्रीक मुल्य र मान्यताको रक्षा गर्न सधैँ नेपाली कांग्रेस उभिने प्रतिवद्दता पनि जायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस