चितवनमा बाढीको वितण्डता

लगातारको वर्षासँगै आएको बाढीले पूर्वी चितवनको लदरी खोला पुल भत्किएको छ । बाढीका कारण पूर्वी चितवनस्थित खैरहनी नगरपालिका- २ मा रहेको पुल भत्किएको हो ।

सो क्षेत्रमा खोला बस्तीमा पस्दा घरघरमा बाढीको पानी पसेको स्थानीयले जनाएका छन् । गएरातिदेखि परिरहेको अविरल वर्षाका कारण पूर्वी चितवनका विभिन्न स्थान डुबानमा परेका छन् । चितवनको रत्ननगरपालिका– ८, बाघमारास्थित सुकुम्बासी बस्ती डुबानमा परेको छ । बुढी राप्ति खोला पस्दा सुकुम्बासी बस्तीका २० घर डुबानमा परेको इलाका प्रहरी कार्यालय रत्ननगरका डीएसपी ईन्द्र रानाले जानकारी दिए ।

डुबानमा परेका बस्तीका सबैलाई शुरक्षित स्थानमा सारिएको छ । त्यस्तै राप्ती नदिको बाढीले पर्यटकीय क्षेत्र सौराहामा बाढीको खतरा बढेको छ । चितवनका तटिय क्षेत्रका सबै क्षेत्र जोखिममा भएका कारण उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यलय चितवनले सबैमाझ अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस