बाढी पिडितहरुको उद्धार र राहतमा कुनै कमजोरी हुन नदिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ- गृह मन्त्री विष्णु पौडेलले उद्दार र राहतको काममा कुनैपनि किसिमको कमी कमजोरी नगर्न सम्बन्धित पक्षलाई आज निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालयमा भएको कार्यक्रममा बोल्दै गृहमन्त्री पौडेलले कर्मचारी तथा शुरक्षाकर्मीहरुलाई उद्धारको काममा कुनैपनि किसिमको कमी कम्जोरी नगर्न र नतिजामुलक काम गर्न निर्देशन दिनुभएको हो ।

भौगोलिक तथा परस्थितिको अध्ययन र योजना विना पुर्वाधार निर्माणको काम भइरहेकोले बाढी र पहिरोको जोखिम बढेको भन्दै उहाँले विकासका कामलाई व्यवस्थित बनाउनुपर्ने विषयलाई बढी जोड दिनुभयो।

कार्यक्रममा देशभरमा विपदको अबस्था र नागरिकमा पारेको प्रभावबारे जानकारी गराइएको थियो ।

यसबर्ष मनसुनजन्य विपदका २८ जनाको मृत्यु भएको छ । बर्खायाम सुरु भएसँगै आएको बाढी र पहिरोमा परेर २६ जना बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस