फोक्सोलाई स्वस्थ राख्न चाहानुहुन्छ ? खानुहोस् यी खानेकुरा, हुन्छ क्यान्सरको जोखिम कम

फोक्सो शरीरको महत्वपूर्ण र संवेदनशील अङ्ग मध्य एक हो । श्वास-प्रश्वास गर्न फोक्सोले निकै ठुलो भूमिका खेल्छ।पछिल्लो समय प्रदुषित बातावरण र खानपानका कारण फोक्सो सम्बन्धि समस्यभेका मानिसहरु बढ्दो क्रममा रहेका छन।

आज हामी फोक्सो स्वस्थ राख्न सेवन गर्नुपर्ने केहि खानेकुराका बारेमा बताउन जाँदै छौं, आउनुहोस जानिराखौंःमकैः मकैमा पाइने बेटा–क्रिप्टोसान्थिन भन्ने तत्वले फोक्सोको क्यान्सर हुने सम्भावनालाई कम गर्छ । त्यसैले बेलाबेलामा ताजा मकै खाने गर्नुपर्छ।

प्याजः प्याजले पनि फोक्सोलाई सफा र स्वस्थ राख्न मद्दत गर्छ । प्याज खानाले विभिन्न खाले रोगबाट बचाउँछ, जसमध्ये फोक्सोको इन्फेक्सन पनि एक हो।अदुवाः अदुवाले फोक्सोमा जम्मा भएका विकारलाई कम गर्छ । चियामा अदुवा हालेर खाने गर्नाले सास ताजा पनि बन्न पुग्छ।

सुन्तलाः सुन्तलामा क्रिप्टोसान्थिन भन्ने तत्व पाइन्छ, जसले फोक्सोमा क्यान्सर हुने जोखिम कम गर्छ।सिस्नुः सिस्नुमा आइरनको मात्रा उच्च हुन्छ। सिस्नु खानाले फोक्सोमा भएको इन्फेक्सनको प्रभाव कम हुन्छ।

पिस्ताः पिस्तामा गामा–टोकोफेरोल नामक एक प्रकारको भिटामिन-ई पाइन्छ, जसले फोक्सोलाई स्वच्छ राख्छ।जरीबुटीः सुन्तलाको बोक्रा, युकालिप्टस (मसला), पुदिनाजस्ता जरीबुटीले फोक्सोलाई सफा राख्छन्।

लसुनः लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले इन्फेक्सनविरुद्ध लड्ने शरीरको क्षमतालाई बढाउने गर्छ । लसुनले फोक्सोलाई फाइदा पु-याउँछ।भिटामन सीयुक्त खानाः सुन्तला, कागती, निबुवा, मौसम, गोलभेँडाको जुस, स्ट्रबेरी, भुइँकटहर, आँप, पहेँलो र हरियो भेडेखुर्सानीजस्ता भिटामिन सीयुक्त फलफूल तथा तरकारीले फोक्सोका विकार हटाउने र शरीरमा अक्सिजनको सञ्चार तीव्र बनाउने काम गर्छन्।

प्रतिक्रिया दिनुहोस