निर्वाचनका लागि ७ अर्ब ७२ करोड दिन अर्थमन्त्रालय तयार

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई रु. ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ ।

२०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मंसिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको बताएको छ ।

यो पनि पढ्नुहोस्

लगातारको बर्षका कारण तनहुँ गोर्खा जोड्ने मर्स्याङ्दी नदिको झोलुंगे पुलमा क्षति पुगेको छ । पानीको सतह ह्वात्तै बढेर गएपछी मर्स्याङ्दी नदि माथिको झोलुंगे पुल भत्किएको हो । गोरखा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष रामबहादुर खड्काले पुलको एकातर्फको जिप बगाएको बताए।पुलको एक्ले फाँटतर्फको जिप भासिएको छ। पुलमा क्षति पुगेपछि मानिसहरू मर्स्याङ्दी नदी पार गरेर पृथ्वीराजमार्गसम्म पुग्न सकेका छैनन्।
भत्किएको पुलमा ढुंगा मुढा र लेदो भरिएका कारण आसपासका क्षत्रमा पनि खतरा बढेको छ ।

प्रतिक्रिया दिनुहोस