कहिले पुग्लान् वेहुला ? नारायणघाट मुग्लिङ सडकखण्डको पहिरोले वेहुली लिन हिँडेका वेहुला अलपत्रपरेपछि….

काठमाडौ । सामाजिक सञ्जालमा अहिले एउटा तस्बिर भाइरल भएको छ । नारायणघाट–मुग्लिङ सडक खण्डमा पहिरो गएको बेलामा जाममा परेका बेहुलाहरुको सामुहिक तस्बिर भाइरल भएको हो । पहिरोले सडक अवरुद्ध पारेपछि बिहे गर्न हिँडेका जन्ती सहितका बेहुलाहरु अलपत्र परे पछि समय ब्यतित गर्न तस्बिर खिचेको हुनसक्छ ।

सो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो । उक्त सडकखण्डमा अलपत्र परेका बेहुलाहरुको सामूहिक फोटो सामाजिक संजालमा भाइरल भएको छ । महामारीका कारण सरकारले निषेधाज्ञा लगाएकोले विवाह जस्ता सांस्कृतिक कार्यक्रम धेरै रोकिएका छन् । केही दिन अघि मात्र काठमाडौ उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।

निषेधाज्ञा खुलेका बेला असार १८ गतेको लगनमा वेहुली लिन हिँडेका वेहुलालाई पहिरोले विचवाटोमै अलपत्र पारेको हो । बुधवार देखि परेको वर्षाले सो सडकखण्डको धेरै स्थानमा पहिरो गएको छ ।

पहिरोका कारण चितवनको नारायणघाट–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । चारकिलो र पाँचकिलोमा पहिरो खसेकाले शुक्रबार बिहानैदेखि उक्त सडक खण्ड बन्द भएको स्थानीय प्रहरीले जानकारी दिएको छ । तस्बिर : सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस