सबैभन्दा बुद्धिमान जनावर हो अक्टोपस, जसले खुट्टाबाट निस्केको प्रकाशले देख्ने गर्छ

काठमाडौँ । विश्वमा पाइने एक अनौठौ जनावरमा अक्टोपस पनि पर्छ । पानीमा बस्ने अक्टोपस हामिलाई सामान्य लाग्छ । तर अक्टोपसलाइ सबैभन्दा बुद्धिमान जनावरको रुपमा पनि मानिन्छ ।

आफ्नो खानेकुरा खोज्ने कुरामा अक्टोपस निकै शिपालु हुन्छ । आफ्नो समस्या समाभान गर्न अनेक उपाय निकाल्ने गर्छ । तपाईलाई थाहाँ छ, अक्टोपसका आँखाहरु अँध्यारोमा हुन्छन् ।

अँध्यारोमा रहेका बेला अक्टोपसहरुले आफ्नो खुट्टाबाट निस्किने प्रकाशका कारण आँखा देख्ने गर्छ । अनौठो लाग्ला तर यो रहस्य अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् ।

आफुलाई शिकारीबाट बचाउनका लागि आफ्नो खुट्टाबाट निस्किने प्रकाशका कारण अक्टोपस सावधानी अपनाउने गर्छ ।वैज्ञानिकहरुसंग अक्टोपसका खुट्टाहरुले प्रकाशसंग प्रतिक्रिया गर्छ भन्ने बारेमा लामो ज्ञान छ ।

अक्टोपसको छाला पिग्मेन्टले भरिएको हुन्छ । उसलाई क्रोम्याटोफोर भन्ने गरिन्छ । यसले जब अक्टोपोस प्रकाशमा देखा पर्दछ, त्यति नै बेला रगं पनि परिवर्तन गर्छ ।

प्रतिक्रिया दिनुहोस