ब्राजिल पुग्यो कोपा अमेरीकाको सेमिफाइनलमा

एजेन्सी । ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ । सोमबार सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो ।

ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे । नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् । दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता ब्राजिलमा सञ्चालन भईरहेको छ । नेयमार प्रेरित ब्राजिल उपाधिको नजिक पुगेको छ ।ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।दोस्रो सेमिफाईनलको खेल भोलि बिहान हुनेछ

यो पनि पढ्नुहोस

यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।
नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रुपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो ।

वैशाख १६ गतेदेखि सरकारले कोरोनाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो । असार दोस्रो सातादेखि अन्य क्षेत्र विस्तारै खुल्न थाले पनि बढी भीड हुने भन्दै धार्मिक क्षेत्र खोलिएको छैन । मन्दिर क्षेत्रमा मुख्य ढोकामा ताला लगाइएको छ ।

कोषका सदस्य सचिव डा प्रदीप ढकालले धेरै भीड बढ्ने भएकाले साउनमा पशुपतिनाथ मन्दिर खोल्न सकिने अवस्था नदेखिएको बताए । साउन भगवान् शिवको प्रिय महीना मानिन्छ । साउनमा देशका विभिन्न भागका साथै भारतलगायत देशबाट पनि भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शकका लागि आउने गर्छन् ।
गत वर्ष पनि साउन महिनामा कोरोनाका कारण वर्षभर मन्दिर खुल्न सकेको थिएन । गत वर्ष साउनमा भक्तजनले पशुपति क्षेत्रमा आएर बाहिरबाटै पशुपतिनाथको दर्शन गरेका थिए । बाहिरबाट दर्शन गर्नसमेत भक्तजनको भीड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस