बाँडफाँड भयो जीवन विकास लघुवित्तको आईपिओ

काठमाडौं । जीवन विकास लघुवित्त वित्तिय संस्थाले निष्काशन गरेको प्राथमिक शेयर आज बुधवार बाँडफाँड भएको छ । आज भएको बाँडफाँडमा २० लाख १८ हजार ३०१ योग्य आवेदक मध्ये भाग्यमानी एक लाख ८४ हजार ८०१ जनाले शेयर प्राप्त गरेका हुन् । उनिहरु मध्ये ५ जनाले ११ कित्ता शेयर प्राप्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्काशन गरेको थियो । सर्वसाधारणका लागि आह्वान गरिएको प्राथमिक शेयरका लागि २० लाख १८ हजार ३०१ जनाको योग्य आवेदन परेको थियो । तर ६५ हजार ५३८ जनाको आवेदन भने रद्द भएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

जीवन विकास लघुवित्तको शेयरमा आवेदन दिने मध्ये १८ लाख ३३ हजार ५०७ जनाको हात खालि भएको छ । संस्थाका ७६३ कर्मचारीले ३० हजार ४२० कित्ता शेयर प्राप्त गरेका छन् । त्यस्तै १३ म्युचुअल फण्डले ९८ हजार ८६५ कित्ता शेयर प्राप्त गरेका छन् ।
प्राथमिक शेयर निष्काशन पछि संस्थाको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुगेको छ । जस मध्ये संस्थापक समुह तर्फ ६७.५० प्रतिशत र सर्वसाधारण समुह तर्फ ३२.५० प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस