नाकमा ब्ल्याक हेड्सको समस्या छ ? उसोभए यसरी गर्नुहोस् ट्रिटमेन्ट !

व्यक्तिको सुन्दरता मुलतः अनुहारमा केन्द्रित हुन्छ । त्यसैले आफ्नो अनुहार सफा र चमकदार होस भन्ने चाहन्छौ । तर, अनुहारमा आउने दाग-धब्बाहरुले भिलेन खेलिदिन्छन् ।

यसका साथै नाकभन्दा माथि कालो-कालो बिन्दू जस्ता थोप्ला साह्रै नराम्रो देखिन्छ । जसलाई चलन चल्तीमा ‘ब्ल्याक हेड्स’ भनिन्छ । यस्तो कालो थोप्ला टाढैबाट देखिन्छ । अनेक उपाय लगाउँदा पनि यी थोप्ला स्थाईरुपमा हट्दैनन् । यो के कारणले हुन्छ र यसको स्थाई समाधान के हो ?

प्रदुषण मुख्य कारण

नाकमाथि काला थोप्ला बस्नुको प्रमुख कारण वातावरण प्रदुषण हो । प्रदुषणका कारण रौंमा जम्मा हुन्छ र यसको कारण बन्छ । छालाका मसिना प्वालहरुमा मृत्त छाला, धुलो, माटोका काण तथा मैलो जम्मा भइरहन्छ । जसले गर्दा यो छिद्र बन्द हुन्छ र यसमा जम्मा भएको फोहोर कालो कालो बिन्दुका रुपमा प्रकट हुन्छन् ।

नाकमाथि हुने साना छिद्रहरुले मोइस्चर बनाइराख्ने काम गर्छन् । यिनै छिद्रका कारण त्वचा प्राकृतिकरुपमा चिसो रहन्छ । जब यी छिद्र बन्द हुन्छन्, विभिन्न समस्याहरुको सामना गर्नुपर्ने हुन्छ ।

चिउँडोको छिद्रमा ध्यान पुर्‍याउनुस

आफ्नो चिउँडोको छिद्रको राम्ररी हेरविचार गरियो भने यो समस्याबाट छुट्कारा मिल्न सक्छ । यसका केही उपाय छन्, जसको अभ्यास गर्नुपर्ने हुन्छ । आउनुस, ती उपायहरुबारे जानौं ।

बाफद्वारा सफाई

पोर्स सम्वन्धी समस्या भयो भने यसको समाधानका लागि बाफको सहारा लिन सकिन्छ । बाफद्वारा ट्रिटमेन्ट लिएर बन्द पोर्सर्लाइ फेरि खोल्न सकिन्छ । यो एउटा प्रभावकारी विधि हो । यसले छालालाई फाइदा पुर्‍याउँछ ।

यसरी पनि गर्न सकिन्छ ट्रिटमेन्ट

क्लिन्जरको सहारा पनि लिन सकिन्छ । मनतातो पानीका साथ कुनै सौम्य फेसियल क्लिन्जरको प्रयोग गरौं । आफ्नो अनुहारलाई भिजाएर क्लिन्जरको सहयोगले १ मिनेटसम्म हल्का हातले मसाज गर्नुपर्छ । मसाज गर्ने बेलामा नाक र चिउँडोमा विशेष ध्यान दिनुस र त्यहाँ मसाज गर्नुपर्छ । एक मिनेटपछि तातोपानीले मुख धुनुपर्छ ।

वाफ लिएपछि यसो गरौं

यो प्रक्रिया पुरा गरिसकेपछि आफ्नो अनुहारलाई मुलायम तौलियाले हल्कासँग पुछौ । यसो गर्दा रौको छिद्र खुल्नेछन् र पोर्स सम्वन्धी स्किनको समस्याबाट छुटकारा मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस