कुनै धर्मप्रति विभेद नगरेको फ्रान्सको भनाई

पेरिस । फ्रान्सको विदेश मन्त्रालयले पाकिस्तानका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ। पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले फ्रान्सले इस्लामिक भर्मप्रति विभेद र दमनकारी विधेयक पारित गरेको टिप्पणी गरेपछि त्यसबारे छलफलका लागि फ्रान्सस्थित पाकिस्तानी प्रतिनीधिलाई बोलाइएको हो ।

पकिस्तानको टिप्पणीप्रति असहमति जनाउँदै फ्रान्सले कुनै धर्मप्रति असहिष्णु नरहेको बताएको छ। फ्रान्स धार्मिक स्वतन्त्रताको आधारभुत सिद्धान्तमा विश्वास गर्ने मुलुक भएको र सबै धार्मिक आस्थालाइ सम्मान गर्ने फ्रान्सेली विदेश मन्त्रालयले जनाएको छ ।

पाकिस्तानले द्धीपक्षीय सम्बन्धका लागि रचनात्मक भावना राख्नुपर्ने फ्रान्सको भनाई छ। केही समयअघि फ्रान्सले उग्रबाद र पृथकताबाद बिरोधी बिधेयक पारित गरेको थियो ।

उत्तm बिधेयेकप्रति संकेत गर्दै पकिस्तानी राष्ट्रपति अल्भीले अलपसंख्यक समुह बिरुद्ध बाहुल्य समुहको पक्षमा कानुन बहुसंख्यक मानिसको पक्षमा कानुन लागू गर्नु खतरा भएको अभिव्यक्ति दिएका थिए । फ्रान्समा पाकिस्तानका लागि राजदुत पद अहिले रिक्त छ। स्रोतः डन

प्रतिक्रिया दिनुहोस