अभिनेत्री जेनी कुँवरले गरिन आत्महत्या

काठमाडौं । नेपाली चलचित्रकी अभिनेत्री जेनी कुवँरले आत्माहत्या गरेकी छिन् । उनले काठमाडौ थापागाउँ स्थीत सनराईज सिटी अपार्टमेन्टमा आत्माहत्या गरेकी हुन् । हिजो राती ८ बजे उनले आत्माहत्या गरेको प्रहरीले जानकारी दिएको छ। उनका पति सँग सोधपुछ गरिए अनुरुप उनि चावहिल तिर कामले गएको वेला आत्माहत्या गरेको बताएका छन् । डिप्रेशन रहेको र औषधी सेवन गर्दै गरेको पनि उनले बताएका छन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव साेही अपार्टमेन्टभित्र भेटिएको हो । उनले नेपाली फिल्म जिन्दगानी बाट आफ्नो औपचारीक चलचित्र यात्रा शुरुवात गरेकी हुन् ।यो बाहेक अभिमन्यु कानुन,मैदान, बिन्तीपत्र लगायत उनका थुप्रै फिल्म छन् । पछिल्लो समय साधुको अवतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् । पशुपति परिसरमै प्रहरीसँग लफडा गरेर उनी युट्यूवमा भाइरल भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस