भारतमा पूर्वाधार लगानी वृद्धि गर्न अर्थमन्त्रीको आग्रह

नयाँ दिल्ली । भारतीय अर्थमन्त्री निर्मला सिथारमनले पूँजीगत व्ययको लक्ष्य भन्दा धेरै खर्च गर्न तथा व्यावहारिक परियोजनाका लागि सार्वजनिक नीजि साझेदारीको खोजी गर्न विभिन्न मन्त्रालयहरुलाई आग्रह गरेकी छन् ।

पूर्वाधार रोडम्यापबारे छलफलमा वरिष्ठ सरकारी अधिकारीहरुसँग छलफलमा अर्थमन्त्री सिथारमनले पूँजीगत खर्चभन्दा धेरै खर्च गर्न तथा व्यावहारिक परियोजनामा जोड दिन विभिन्न मन्त्रालयलाई आग्रह गरेकी हुन् । सबै मन्त्रालय तथा उसका मातहतका केन्द्रिय सार्वजनिक क्षेत्रका उधोगहरुले लघु, साना तथा मझौला कम्पनीहरुको शुल्क समयमै बुझाउनुपर्ने अर्थमन्त्री सिथारमनले आग्रह गरेकी छन् ।

अर्थमन्त्रीले पूर्वाधार रोडम्यापबारे गरेको यो पाचौँ समिक्षा बैठक हो । मन्त्रालयहरु र उसका मातहतका केन्द्रिय सार्वजनिक क्षेत्र उधोगको पूँजीगत खर्च, बजेट घोषणा कार्यन्वयनको अवस्था र तिब्र पूर्वाधार लगानी बिषयहरुमा छलफल भएको बताईएको छ । विभिन्न मन्त्रालयहरुको पूँजीगत खर्चको समिक्षा गर्दै अर्थमन्त्री सिथारमनले कोरोना माहामारी पछिको अर्थतन्त्र पुनर्जिवित गर्न पूँजीगत खर्च वृद्धिले महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् । पूर्वाधार लगानीमा नीजि क्षेत्रलाई पनि सबै प्रकारको सहायता गर्न अर्थमन्त्री सिथारमनले मन्त्रालयहरुलाई आग्रह गरेकी छन् । स्रोत रिडिफ

प्रतिक्रिया दिनुहोस