कोरोना ग्राफ दैनिक उकालो लाग्दै,हेर्नहोस् पछिल्लो २४ घण्टाको कोभिड अपडेट

काठमाडौं । पछिल्लो २४ घण्टमा देशभर कोरोना संक्रमणका २ हजार दुई सय ३९ जनामा पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ३ सय १३ जनाको पिसिआर परिक्षण गर्दा उक्त तत्थ्याङ्क बाहिर आएको हो ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार २३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १४७९ जना संक्रमित बनेका छन् भने एन्टिजेन विधिबाट ७६० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणलाई १ हजार तीन सय १६ जना कोरोना संक्रमित संक्रमणनुक्त भएका छन् ।

कोभिड–१९ बाट थप २० जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ३४० जनाले ज्यान गुमाइसकेका छन् । झापा मोरङ काठमाडौं भक्तपुर ललितपुर सुनसरी लगायत जम्मा ९ जिल्लामा ५ सय भन्दा बढि सक्रिय कोरोना संक्रमिर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस