कांग्रेस बैठक – साझा उमेरद्वार उठाउन अनौपचारिक सहमती भयो

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीको संयोजनमा बसेको कांग्रेस इतर पक्षिय बैठक सकिएको छ । कांग्रेस इतिर पक्षका नेताहरुको एकल साझा उमेरद्वार बनाउने भन्ने एजेण्डा आजको बैठकको रहेको थियो ।

वैठकले विभिन्न हाँगामा छरिएका रहेका संस्थापनइतर गुटहरुबीच एकता कायम गरेर जाने अनौपचारिक समझदारी भएको छ ।बैठक सकिएपछी संक्षिप्त रुपमा सञ्चारकर्मी सँग कुरा गर्दे बैठकको संयोजन गरेका अर्जुन नरसिंह केसीले पार्टी भित्रकै एकता नभए समूह भित्रको एकतालाई मुर्त रुप दिन आजको बैठकमा छलफल भएको बताए ।

कांग्रेस नेतृ सुजता कोइरालाले पनि समूहले एक मात्र उमेरद्वार उठाउन संस्थापन समूह तयार हुने बताए । यतिबेला कांग्रेस भित्र महाधिवेशनको सरगर्मी बढेको छ । जहाँ संस्थापन इतर पक्षमा सभापतिका लागि आकांक्षी धेरै उमेरद्वार देखिरहेको अवस्थामा समूहभित्र एकल साझा उमेरद्वार उठाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस