कोभिड १९ बिरुद्ध खोपको सहज पहुँच बारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका अस्ट्रेलीयाली समकक्षी बीच छलफल

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ बिरुद्धको खोपमा सहज पहुँचका बिषयमा अस्ट्रेलीयाली समकक्षी स्कट मोरिसनसँग वार्ता गरेका छन् प्रधानमन्त्री मोदीले अस्ट्रेलीयाली प्रधानमन्त्री मोरिसनसँग कोभिड १९ खोप को सहज र न्यायसंगत पहुँचको बिषयमा टेलिफोन वार्ता गरेका हुन् ।

वार्तामा दुबै देशका प्रधानमन्त्रीले विश्वमा कोराना भाइरस माहामारी बिरुद्ध खोप अति महत्वपूर्ण रहेको निष्कर्ष निकालेका छन् । टेलिफोन वार्तामा प्रधानमन्त्रीद्धय मोदी र मोरिसनले भारतमा जारी कोरोना भाइरसको दोस्रो लहर तथा खोपको बौद्धिक सम्पति अधिकारको अनुमतिबारे छलफल गरेका छन् ।

भारतले सबैलाई कोभिड १९ बिरुद्ध खोप उपलब्ध हुनुपर्ने भन्दै खोपको बौद्धिक सम्पति अधिकारको अनुमतिको लागि विश्व व्यापार संगठनमा प्रस्ताब राखेको छ । वार्ता पछि, प्रधानमन्त्री मोदीले भारतमा कोभिड १९ माहामारी बिरुद्ध सहायता गरेको भन्दै अस्ट्रेलीयाली प्रधानमन्त्री मोरिसनलाई धन्यवाद व्याक्त गर्दै ट्विइट गरेका छन् ।

अस्ट्रेलीयाली प्रधानमन्त्री मोरिसनले पनि भारतले विभिन्न मुलुकहरुमा खोप निर्यात गरेको उल्लेख गर्दै संकटको समयमा भारतमा अक्सिजन कन्सन्ट्रेटर तथा भेन्टिलेटरहरु उपलब्ध गर्ने ट्विइटरमा बताएका छन् । स्रोत ईण्डीया टुडे

प्रतिक्रिया दिनुहोस