प्रधानमन्त्री केपी ओली मेलम्ची भ्रमणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मेलम्चीमा आएको बाढीबाट पिडित भएकाहरूको अवस्था बुझुन सिन्धुपाल्चोक पुगेका छन् । केहि दिन अघि मेलम्चीमा आएको बाढीका कारणले त्यसक्षेत्रका बस्ती डुबानमा परि कयौं परिवार विस्थापित भएका थिए । भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङसहित उनी केहीबेर अघि सिन्धुपाल्चोक प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बाढीपिडितहरुको पछिल्लो अवस्था बुझेर उनीहरुको पुनःस्थापनका सम्बन्धमा आवश्यक रणनीति बनाउनका लागि ओली स्थलगत अवलोकनमा गएका हुन् ।
यसअघि सरकारले बाढीबाट घरबार गुमाएकाहरुलाई ५० हजार अनुदान दिने निर्णय गरिसकेको छ । प्रधानमन्त्रीसँग पूर्वमन्त्री शेरबहादुर तामाङ पनि छन् ।
ओलीको मेलम्ची भ्रमणले बाढी पीडितलाई केही सकरात्मक राहत दिने आकांक्षा गरिएको छ ।

यो पनि

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यपोचार खर्च व्यहोर्ने सरकारको निर्णय प्रचलित कानुन विपरित भएको बताएका छन् ।नेता थापाले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो बताएका हुन् ।

यस अघि खनालको उपचार खर्च नेकपा एमालेले व्यहोर्ने घोषणा गरेका ओलीले गत विहीबार सरकारले व्यहोर्ने निर्णय गरेका थिए । गत विहीबार मुख्य सचिव शंकरदास बैरागीले विज्ञप्ति जारी गर्दै खनालको सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय सार्वजनिक गरका थिए ।

उच्च ओहोदामा बसेकाहरुले विदेशमा उपचार गराउँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गर्ने र मन्त्रीपरिषदले निर्णय गर्ने प्रचलित कानुनलाई ओली सरकारले नै विध्येयक मार्फत संशोधन गरेको स्मरण गराउँदै नेता थापाले सरकारले कानुन विपरित कार्य गरेको बताएका हुन् ।

‘कानुन नबने सम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विध्येयकमा मैले नै “प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागी लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराइने छैन” भन्ने संशोधन प्रस्ताव राखेँ’ थापाले लेखेका छन्–‘यो संशोधन संसदले स्विकार्दै बनेको कानुन २०७५÷६÷२ गतेदेखि लागु भयो ।’

कानुनमा लेखिए अनुसार पालना गरिए विदेशमा उपचार गरेको खर्च एक रुपैँया पनि राज्यको ढुकुटीबाट तिर्र्न नमिल्ने भन्दै थापाले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन्–‘अव भन्नुस पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नु भयो ?’

थापाले आफू स्वास्थ्य मन्त्री भएको बेला विदेशमा उपचार गराएका कुनै पनि व्यक्तिको उपचार खर्च व्यहोर्ने सिफारिस नगरेको समेत बताएका छन् ।
नेकपा एमाले माधव समुहका नेता खनाल भारतको एपालो अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस