हार्यो ब्राजिल अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि

एजेन्सी । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे ।

खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरेका हुन् । उनले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरे । बल पोसेसनमा पकड जमाएको ब्राजिलले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन ।ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर बाधक बनेका थिए । जसको कारण ब्राजिल उपाधि घरमा राख्न असफल भएको छ ।

यो पनि

लामो समयदेखी विवादमा रहेको एमालेको कार्यदलको बैठक सकरात्मक भएको एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले जानकारी दिए । आक बसेको एमाले कार्यदलको बैठक पछि संचारकर्मीसँग संक्षिप्त कुरागर्दै उनले भोलीबाट शुभ समाचार सुन्न पाउने बताएका छन् ।

त्यस्तै अर्का नेता गोकर्ण विष्टले बैठक लगभग निष्कर्षमा आइपुगेको र आइतबार पुनः बस्नेगरी स्थगित भएको जानकारी दिए । विष्टले भने, ‘भोलिको दिन पार्टी एकताको सन्देश दिन सफल हुनेछौं । भोलि सार्थक निष्कर्षमा पुग्नेछौँ । आजै सक्ने चाहना थियो ।’ एकातर्फ एमाले कार्यदलको बैठक चलिरहँदा सर्वोच्चमा प्रतिनिधीसभा मुद्दा अगाडी नै विवाद सुल्झाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस