भारतीय वैज्ञानिकहरुद्धारा अन्टार्टिका माहादेशमा नयाँ काई प्रजाति फेला

नयाँ दिल्ली । भारतीय वैज्ञानिकहरुको एक समुहले अन्टार्टिका माहादेशमा नयाँ काई प्रजाति फेला पारेका छन् ।भारतको पञ्जाबस्थित वैज्ञानिकहरुको एक समुहले अन्टार्टिका माहादेशमा नयाँ काई प्रजाति फेला पारेका हुन् । वैज्ञानिकहरुले उक्त काई प्रजातिलाई ब्र्युम भारतीन्सीसको नाम दिएका छन् ।

भारती नामले पनि चिनिने देवी सरस्वतिको सम्मानमा उक्त काई प्रजातिलाई ब्र्युम भारतीन्सीसको नाम दिइएको वैज्ञानिकहरु बताउँछन् । यधपी, भारतको अन्टार्टिका स्थित भारती नामको स्टेसन पनि स्थापना छ । वैज्ञानिकहरुको समुहले काई प्रजातिको अन्वेषणबारे एक जर्नलमा उल्लेख गरेका छन् ।

सन् १९८१ मा अन्टार्टिका स्थित वैज्ञानिक मिसन शुरु गरेको भारतको यो पहिलो र एक मात्र वनस्पति प्रजातिको अन्वेषण हो । अन्टार्टिका माहादेशमा भारतले सन् १९८४ मा पहिलो स्टेसन दक्षिण गंगोत्री स्थापना गरेको थियो । स्रोत द प्रिन्ट

प्रतिक्रिया दिनुहोस