आज नेप्से परिसूचक ७३ दशमलव ३३ अंकले उकालो लाग्यो

काठमाडौं । आज आइतबार सेयर बजार उकालो लागेको छ ।सेयर कारोबार मापक नेप्से परिसूचक ७३ दशमलव ३३ अंकले उकालो लागेर २ हजार ८ सय ९८ दशमलव ४३ अंकमा पुगेको छ ।

आज कारोबार रकम पनि ८ अर्ब भन्दा धेरै भएको छ । नेप्सेमा कारोबार हुने सबै समूहगत सब इन्डेक्स बढेको छ ।आज बैकिङ समूहको शेयर ४५ अङ्कले वृद्धि भएको छ भने, विकास बैंक समूहको तीन सय ५५, व्यापारको ५७, होटलको ७१ ले बढेको छ ।

यस्तै जलविद्युतको ७६ र उत्पादन समूहको शेयर ९३ अङ्कले,फाइनान्स समूहको एक सय ८१, माइक्रोफाइनान्सको एक सय ३२, जीवन बीमा समूहको चार सय ९८, निर्जीवन बीमा समूहको तीन सय ५५, अन्यको नौ र लगानी समूहको शेयर साढे दुई अङ्कले उकालो लागेको छ ।

आज दुई सय २५ कम्पनीका तीन करोड १५ लाख कित्ता शेयर आठ अर्ब ६ करोड रुपैयाँमा कारोबार भएका छन् ।आज कर्पोरेट विकास बैंकको शेयर झन्डै चार प्रतिशतले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस