विपक्षी विधार्थी संगठनले गरे शंख फुकेर विरोध प्रदर्शन

विपक्षी गठबन्धनका विद्यार्थी संगठनले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा शंख फुकेर विरोध प्रदर्शन गरेका छन् ।विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट अनेरास्ववियू, जनता समाजवादी पार्टीको उपेन्द्र यादव निकट समाजवादी विद्यार्थी युनियन र अखिल(छैठौँ) ले आइतबार प्रतिगमन, पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि, भ्रष्टाचार र कुशासनका विरुद्धमा आइतबार माइतीघरमा भेला भई शंखफुकी विरोध जुलुस निकालेका हुन् ।

विद्यार्थीहरुले शंख फुक्दै विरोध जनाएका थिए भने हाम्रो आन्दोलन जारी छ, मण्डलेहरु होशियार, तानाशाही केपी ओली मुर्दावाद, विद्यार्थी एकता जिन्दावाद लगायतका नारावाजी समेत गरेका थिए ।

यो पनि

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघ नेपालले संघीय राजधानी काठमाण्डौमा प्रर्दशन गरेको छ । प्रधानमन्त्री ओलीको समर्थनमा राष्ट्रिय युवा संघ नेपालका युवाहरुले आइतबार काठमाण्डौको माईतीघर मण्डलामा प्रर्दशन गरेका हुन् । वर्तमान सरकार र नेकपा एमाले विरुद्धको घेरावन्दी विरुद्ध आफुहरु प्रर्दशनमा उत्रिएको उनीहरुले बताए । विपक्षी गठबन्धनमा संलग्न भएका राजनीतिक दलका विद्यार्थी संगठनहरु चरणबद्ध आन्दोलनमा उत्रिएका बेला प्रधानमन्त्री तथा सरकारको समर्थनमा सत्तारुढ दलका युवाहरु पनि प्रतिकारात्मक प्रर्दशनमा उत्रिएका हुन् । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले सरकारविरुद्ध चौतर्फी घेराबन्दी भएपछि आफुहरु प्रतिकारमा उत्रिएको बताउनुभयो । उहाँले राष्ट्रिय युवा संघ नेपालले सरकार विरुद्ध भएका गतिविधिहरुको जस्ताको तस्तै जवाफ दिने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो “राष्ट्रिय युवा संघ नेपालका नेता कार्यकर्ताको शरिरमा २ थोपा रगत रहुञ्जेल सम्म तिमीहरुले हाम्रा नेताको पुत्ला जलाएर केही फरक पर्दैन । हाम्रो नेताको कुनै भुत्ला जल्नेवाला छैन । हामी तिमीहरुका हरेक किसिमका गतिविधिहरुको जस्ताको तस्तै जवाफ दिन तयार छौ । ”
प्रर्दशनमा सहभागी युवाहरुले केपी ओलीको चित्र अनुहारमा कोरेका थिए । उनीहरुले संविधान मिच्न पाईदैन भन्दै नाराबाजी गर्नुको साथै नेपालको नक्सा र संविधान प्रर्दशनमा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस