संसद् विघटन बदर, देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको छ ।इजलास शुरु हुनासाथ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पाँचै जना न्यायाधीशको मत सुनाउँदै रिट निवेदनको पक्षमा आदेश जारी भएको बताएका हुन् ।

सर्वोच्चको फैसला सँगै संसद् पुर्नस्थापना भएपछि देशभर राजनैतिक तरंग छाएको छ । सर्वोच्चले रिट निवेदकको पक्षमा प्रतिनिधिसभा पुंन व्युतिँएको हो ।यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको अनुरोधमा राष्ट्रपति विधा देवि भण्डारीले गत जेठ ९ गते मध्यरातमा संसद विघटन गरेकी थिईन् ।सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

पछिल्लो २४ घण्टामा २३७० जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा २ हजार ३७० कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ६८९ पीसीआर र ३ हजार ८९५ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ। गत २४ घण्टामा १ हजार १३३ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ।

उक्त अवधिमा १८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ।

प्रतिक्रिया दिनुहोस