यी नेताहरु बन्न सक्छन् कांग्रेसबाट मन्त्रि

काठमाडौं । संसद् पुर्नस्थापना साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने निर्णय सहित हिजो सर्वोच्चले दिएको फैसला पछि नयाँ बन्ने मन्त्रीमण्डलमा क-कसले मन्त्रालय पाउने भनेर चर्चा बढेको छ । यसै क्रममा नयाँ मन्त्रीमण्डल निर्माण गर्नका लागि कांग्रेस भित्र छलफल पनि शुरु भएको छ । आज बेलुक शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएलगत्तै सानो आकारको मन्त्रीमण्डल बनाउने भनेर हिजो बिपक्षी गठबन्धनको छलफलले सहमति निकालेको छ । कांग्रेस निकट स्रोतका अनुसार कांग्रेस माओवादीका दुई दुई मन्त्री र जसपा र राष्ट्रिय जनमोर्चा पनि सरकारमा आए १ १ जना मन्त्री बनाउने तयारी छ ।

कांग्रेसभित्र आजै मन्त्रिपरिषदमा समावेश हुनेमा बालकृष्ण खाँड र डा. मिनेन्द्र रिजालको नाम चर्चामा छ । खाँड अहिले कांग्रेसको मुख्य सचेतक छन् । कांग्रेस नेताहरु दिलेन्द्रप्रसाद बडु, सुजाता कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, पुष्पा भूषाल लगायतको नाम पनि मन्त्री बन्ने चर्चामा छ । देउवालाई बधाई दिन र मन्त्रीको सम्भावित नामबारे छलफल गर्न महामन्त्री डा. शशांक कोइराला अहिले बुढानिलकण्ठ पुगेका छन् । देउवा निवास बुढानिलकण्ठमा अहिले नेताहरुबीच छलफल भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस