सवा ४ किलोको आँप फलाए यी जोडीले, राखे गिनिज बुक अफ वर्ल्ड रेकर्ड

काठमाडौं – नेपालको अधिकांश भूभागमा पाइने फल हो आँप । फलको राजा भनेर चिनिने आँप हाम्रो गाउँघरमा सिजनमा सजिलै पाइन्छ ।हाम्रो गाउँघर बजारमा पाइने आँपको तौल बढीमा आधा केजीसम्मको हुने गर्छ । त्यो भन्दा बढी तौलको हामिले पक्कै देखेका छैनौ । तर अमेरिकामा एक व्यक्तिले ४ किलोको आँप फलाएका छन् ।

सुन्दा अचम्म लाग्ला, उक्त ४ किलोको आँपले गिनिज बुक अफ वर्ल्ड रेकर्ड पनि राखेको छ । यो अनौठो रेकर्ड आफुहरुले राख्न पाउँदा ती व्यक्ति निकै खुशी छन् ।त्यो आँप दक्षिण अमेरिकी मुलुक कोलम्बियामा फलेको हो । गुआयाटामा बस्ने जम्र्यान ओर्लान्डो नोभा र उनकी पत्नी रेइया मारियाले उक्त आँप फलाएका हुन् ।

संसारकै सबैभन्दा ठूलो ४ किलो २५० ग्राम रहेको उक्त आँप देखेपछि धेरै चकित परे । म्र्यान ओर्लान्डो नोभाले आफुले फलाएको ठुलो आँप उपस्थित अधिकारीहरुलाई चखाए ।

प्रतिक्रिया दिनुहोस