विज्ञप्ती नसच्याएसम्म देउवाले सपथ नलिने

राष्ट्रपति विधादेवी भण्डारीले कांग्रेसका सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भनि जारी गरेको विज्ञप्ती नसच्याएसम्म प्रधानमन्त्रीको सपथ नलिने देउवाले बताएका छन् ।
आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका हुन् ।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने बताएका छन् । राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाएका हुन् ।

सपथ लिन शेरबहादुर पुगे सितलनिवास
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथका लागि शीतलनिवास पुगेका छन् । राष्ट्रपति जारी गरेको विज्ञप्तिबारे विवाद समाधान भएपछि देउवा ढिला गरी शीतलनिवास पुगेका हुन् ।

यसअघि राष्ट्रपति विधादेवी भण्डारीले कांग्रेसका सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भनि जारी गरेको विज्ञप्ती नसच्याएसम्म प्रधानमन्त्रीको सपथ नलिने देउवाले बताएका थिए ।

आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका थिए ।
यहि विवादका कारण ६ बजे राखिएको सपथ ग्रहणको कार्यक्रममा देउवा ढिला गरेर पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस