यी महिलाले लाखौ खर्च गरेर घटाइन् ८८ किलो तौल, थिइन् १४६ किलोकी

काठमाडौं – मोटोपन भएका मानिसहरुलाई शरिरको तौल घटाउन धेरै नै समय लाग्छ । शरिरलाई स्लिम राखिराख्न मानिसहरु बिहान मर्निङ वाक गर्ने र जिम धाउने गर्छन् ।

आफ्नो तौल घटाउन मानिसहरुले धेरै खर्च पनि गर्ने गर्छन् । यस्तै अमेरिकाकी एक महिला आफ्नो मोटोपनबाट हैरान भइन् । उनले तौल घटाउन लाखौ रुपैया खर्च पनि गरेकी छिन् । लाखौ रुपैया खर्च गरेरै उनले आफ्नौ तौल घटाएकी छिन् ।

अमेरिकाको टेक्सासमा बस्ने २३ वर्षीया लिड्से हुवरले आफ्नो ८८ किलो तौल घटाएकी छिन् । पहिले १४६ किलोकी लिड्से हुवरले लाखौ खर्च गरेर तौल घटाइन् । एक बच्चाको आमा समेत रहेकी उनले तौल घटाउन १० लाख रुपैया खर्च गरेकी हुन् ।

उनले तौल घटाउन खानपानमा परिवर्तन गरिन् र बाहिरका खाना पनि खाइनन् । उनले तौल त जबरजस्ती घटाइन तर शरिर खासै राम्रो देखिएन । उनका छाला तुर्लुङग देखिन थाले । तर राम्रो कुरा उनले अहिले शरिरलाई मिल्ने कपडा लगाउन पाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस