आखिर किन चर्चित कमेडियन भारती सिंह कहिले पनि आमा बन्न सक्दैनन् ? यस्तो छ कारण

डान्स दिवाने सिजन ३ को एउटा भिडियो क्लिप्स अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यस शो को जज तुषार कालिया, सोनु सुद तथा नोरा फतेही पनि यस भिडियोमा भावुक देखिएका छन् ।

यस टिभी शो को होस्ट कमेडियन भारती सिंहले बोलेको कुरा अहिले भाईरल भएको हो । उनले यस प्रतियोगिताको एउटा प्रस्तुतीकरण हेरेपछि आँसु झार्दै आफु बच्चा जन्माउने योजनामा रहेको तर यस्तो देखेपछि हिम्मत समेत गर्न सक्दिन भनेकि छिन् ।

त्यो शो मा युवा आमाको कहानी देखाइएको छ जहाँ उसले आफ्नो १४ दिनको बच्चा कोरोना भाईरसका कारण गुमाउनु परेको छ । यो प्रस्तुती देखेपछि भारती आफ्नो पति हर्ष लिंबाचियाका साथमा स्टेजमा आउँछिन् र भाईरसकै कारण आफ्नो परिवार अघि बढाउने योजनाबारे छलफल गर्न समेत गर्न नसक्ने बताउँछिन् ।यो बेला हर्ष भने आफ्नी पत्नी भारतीलाई थपथपाउँदै हिम्मत बढाईरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस