नेपाली खेलाडी दिनेशद्वारा पाँचौ पटक विश्वरेकर्ड

नेपालका लागि विल्कुलै नयाँ खेल पार्करला खेलाडी दिनेश सुनारले ५ औं पटक गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन् । पार्कर खेल अन्तर्गतकै विभिन्न ४ विधामा गिनिज वर्ल्ड रेकर्ड राखिसकेका खेलाडी दिनेशले पाँचौँ पटक गिनिज वर्ल्ड रेकर्ड राखेका हु् ।

यसअघि चार पटकसम्म विश्व कीर्तिमान राखिसकेका सुनारले ३० सेकन्डमा १३ पटकसम्म ‘फुल ट्विस्ट ब्याक फ्लिप’ गरेर पाँचौँ पटक वर्ल्ड रेकर्ड कायम गर्न सफल भएका हुन् ।
यसअघि उनले सन् २०१७ मा ‘द मस्ट ट्विस्टिङ ब्याकफिल्प अफ वाल इन वान मिनेट’मा पहिलो विश्व रेकर्ड राखेका थिए । त्यसपछि सन् २०१८ मा ‘द मस्ट ब्याकवार्ड सोमरसल्ट एगेन्स्ट वाल इन ३० सेकेन्ड’ मा दोस्रो विश्व कीर्तिमान बनाएका छन् । दिनेशले ३० सेकेन्डमा ‘द मस्ट ट्वीस्टीङ ब्याकफ्ल्पि अफ वाल’ मा तेस्रो विश्व कीर्तिमान राखेका थिए ।

त्यस्तै २०७६ माघमा ट्राम्पोलिनमा ‘ब्याक समरसल्ट’ अर्थात उफ्रिन मिल्ने लचकदार रबरको सामग्रीमा उल्टो जम्प हानेर चौथो वर्ल्ड रेकर्ड कायम गरेका थिए । उनले एक घन्टामा ४६० पटक ट्राम्पोलिनमा ब्याक समरसल्ट गरेका थिए । अहिलेको पाँचौ वर्ल्ड रेकर्ड राख्ने क्रममा उनले यसअघिको आठ पटकसम्मको कीर्तिमान उनले तोडेका हुन् । चार महिनाअघि अमेरिकामै उनले पाँचै रेकर्डका लागि प्रदर्शन गरेका थिए । उनले मार्च ७ मा सनसाइन तेक्वान्दो एकेडेमीको प्रायोजनमा भएको कार्यक्रममा वर्ल्ड रेकर्डका लागि प्रस्तुती दिएका थिए । यस विधामा विश्व रेकर्डका लागि ३० सेकेण्डमा ८ पटकसम्म हान्नुपर्ने प्रावधान थियो ।

उनी शशत्र प्रहरीमा जागिरे भएपनि पछि पार्कर खेललाई अझ माथी उठाउन र प्रवर्दन गर्न जागिर छाडेरै यस खेलमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस