सामान्य कचौराले भाग्य चम्काइदियो, विक्री भयो अरबौ रुपैयाँमा

एजेन्सी – मानिसहरुको भाग्य जुन बेला पनि चम्किन सक्छ । अहिले कुनै मानिस गरिब छ भने भाग्य चम्किएमा धनी पनि हुन सक्छ ।

यस्तै एक व्यक्तिको सामान्य कचौराले भाग्य चम्किइदिएको छ । तपाईलाई पत्यार नलाग्ला रु तर चीनी र माटोबाट बनेको उक्त एउटा कचौराको मुल्य अहिले सम्मकै सर्वाधिक रहेको छ । एक हजार वर्ष पुरानो उक्त कचौरा ३ करोड ७७ लाख अमेरिकी डलरमा बिक्री भएको बताइएको छ ।

यो महँगो मूल्यको कचौराले नयाँ रेकर्ड बनाएको छ । सिरेमिकबाट बनेको यो कचौरालाई उत्तरका सोंग बंशका राजाहरुले दरबारमा प्रयोग गर्ने गरेको बताइएको छ । कचौराको लिलामी सोदबीले गराएका थिए ।

१३ सेन्टी मिटरको यस कचौरालाई सुरुमा बोलिएको भन्दा महँगो मूल्यमा बिक्री भयो । उक्त धचौरा ३.७७ अरबमा बिकिै भएको बताइएको छ । सोदबीले खरिद गर्ने व्यक्ति चीनका हो होइनन् भन्ने बारे बताएका छैनन् ।

प्रतिक्रिया दिनुहोस