ओली सरकार हुञ्जेल फरार सूचीमा, देउवा सरकार बनेको भोलिपल्ट गच्छेदार बिशेष अदालतमा हाजिर ?

वालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका काँग्रेस नेता विजय कुमार गच्छेदार आज विशेष अदालतमा हाजिर भएका छन् । यस अघि उनी फरार सूचीमा रहेका थिए । आजै उनको प्रारम्भिक बयान हुने भएको छ । त्यसपछि थुनछेक बहस हुनेछ । गच्छेदार यस अघि अदालतमा उपस्थित नभए पनि आफ्नै पार्टीका सभापति देउवाको नेतृत्वमा सरकार बनेपछि भने अदालत पुगेका हुन् ।

अर्थमन्त्री शर्माद्धारा कोरोखा खोप खरीदका लागि पाँच अर्ब निकासा दिने पहिलो निर्णय
नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गर्दै पहिलो निर्णयमै पाँच अर्ब रुपैया खोपका लागि निकासा गरेका छन् ।आज अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय गरेका हुन् ।

मन्त्री शर्माले सरकार कोरोना नियन्त्रणका लागि केन्द्रीत हुने पनि बताए ।आज नै उनले स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ताका लागि रकम स्वीकृति सदर समेत गरेका छन् । नयाँ मन्त्रिपरिषदको मंगलबार बेलुका बसेको पहिलो बैठकले चैत महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस