आज घट्यो की बढ्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको चौथो दिन अर्थात बुधबार (आज) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ।मंगलबार प्रतितोला २ सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यो पनि पढ्नुहोस
साउन महिनामा यी ७ राशिमाथि रहनेछ भगवान शिवको विशेष कृपा, हेर्नुहोस्…देउवा प्रधानमन्त्री बनेपछि भारतीय पत्रिकाले लेखे यस्तो सम्पादकीयत्यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १३ सय २० रुपैयाँ कारोबार भएको थियो।लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस