भोलीबाट लामो दुरीका सवारीसाधन चल्न दिने तयारी

काठमाडौं । साउन १ अर्थात् भोलिदेखि लामो दूरीका सार्वजनिक सवारी साधन चल्न दिने तयारी भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीले यस्तो तयारी गरेका हुन् ।

निषेधाज्ञा अगाडि घर गएमा सर्वसाधरण जनतालाई काठमाडौं आउन सहज बनाउन भोलीबाट निषेधाज्ञा खुलाउने तयारी गरिएको हो । लामो दूरीका सार्वजनिक सवारी नचल्दा सर्वसाधारण मारमा परेका छन् । अनिवार्य रुपमा स्वास्थ्य प्रोटोकल अपनाएर गाडी चल्न दिने गरि भोलीबाट यातायात सञ्चालन गर्ने तयारी थालिएको छ ।
गत असार २० गते १० दिनका लागि थपिएको निषेधाज्ञा भोलिबाट सकिदै छ । भोलीबाट निषेधाज्ञा सकिएपनि अत्याधिक भीडभाड हुने क्षेत्र भने बन्दनै गरिने तयारी छ ।

यो पनि पढ्नुहोस्

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूहरु साथमै रहेकाले जनतालाई आशा जगाउने काम जारी राख्न सुझाव दिएका छन। नेपाललाई भेट्न प्रधानमन्त्री देउवा नेपाल निवास कोटेश्वर पुगेका थिए । “पहिलो निर्णय सही छ । जनता निराश छन्,आशा जगाउने हो । चिन्ताले नछोड्नुस्,” नेपालको भनाइ उद्धृत गर्दै कांग्रेस नेता पूर्णबहादुर खड्काले भने ।
नेकपा एमालेका सांसद विरोध खतिवडाले भने दुई नेताबीच राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए। उनले आफूहरुले रिटमा नै पूर्ण संसदका लागि माग गरेको भन्दै विश्वासको मत दिने कि नदिने भन्ने त्यसमै उल्लेख गरिएको बताए। उनले आफूहरुले देउवालाई विश्वासको मत दिन तयार रहेको संकेत पनि गरे ।
“रिटमा जे माग गरेका छौँ त्यो पूरा भएको छैन । यो संसदलाई पूरा कार्यकाल चल्न दिन वैकल्पिक सरकार खोजेको हो,” उनले भने, “त्यसका लागि गठबन्धन जन्मिएको हो। गठबन्धनले संसद्को पूर्ण आयुका लागि काम गर्नेछ।” देउवा एमाले नेता नेपाल पक्ष, माओवादी केन्द्र र जसपा (यादव-भट्टराई) पक्षको समर्थनमा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस